बजार अनुगमनबाट ३५ लाख उठ्दा ३६ लाख कर्मचारीलाई भत्ता, सांसदको प्रश्न- ‘यो कस्तो बजार अनुगमन ?’

  २०७६ मंसिर २५ गते १५:५९     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण समितिका सदस्य एलपिसवा लिम्बुले चाडपर्वको समयमा अनुगमन गरेर उठेको रकमभन्दा धेरै पैैसा अनुगमन गर्ने कमचारीले भक्ताको रुपमा बुझेको बताए । उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई पनि सोधे यो कस्तो अनुगमन हो । अनुगमनबाट ३५ लाख जरिवना उठने तर ती अनुगमन गर्ने अधिकारीहरुको भत्ता नै ३६ लाख हुने । संघ प्रदेश र स्थानीय तहको भूमिकाबारे उपभोक्ता हित संरक्षण मञ्चले आयोजना गरेको अन्तरक्रियामा बोल्दै लिम्बुले बजार अनुगमन भत्ता लिनको लागि हो कि व्यापारीलाई सजक गराउनलाई हो भनेर प्रश्न गरे ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी रोक्न कुनै कसुर बाँकी नराख्ने बताए । बजार अनुगमन व्यवस्थित गर्न मन्त्रालयले काम गरिरहेको समेत उनले जानकारी दिए । व्यवसायीलाई जिम्मेवार बनाउने गरी मन्त्रालयले काम गरिरहेको छ । ‘बजार अनुगमन भन्दा पनि बजार सचेतना पहिलो कुरा भएकोले कानून नटेर्नेलाई तह लगाउन सरकार तयार छ । उत्पादक, व्यापारी र उपभोक्ता उत्तरदायी हुनेगरी सचेतनाको काम अघि बढाउने उनले बताए ।

कायक्रममा बोल्दै वणिज्य सचिव बैकुण्ठ अर्यालले बजार अनुगमनको नयाँ ढाँचाबारे मन्त्रालयले काम गरिरहेको छ । पहिले बुझाउने, दोस्रो सम्झाउने, तेस्रो सर्जीकल स्ट्राईक गर्ने छ । बजार व्यवस्थापनका लागि संघ र प्रदेशले बनाएको कानुनका अस्पष्टता अन्त्य गर्न मन्त्रालय तयार रहेको उनले बताए ।

त्यस्तै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले तत्कालिन अवस्थामा कानुन बनाउँदा संघका लागि मात्रै हो भन्ने सोच देखियो भन्ने छ त्यसलाई अब सच्याएर अगाडि बढने बताए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले बजार अनुगमनको ऐनमा कमजोरीहरु रहेको बताए । कानुन बनाउँदा व्यापारी सांसदहरुले ऐनमा चलखेल गर्दा मालिक भन्दा पनि कामदार दोषी ठहरिने गरी ऐन आएकोले अनुगमनमा समस्या रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.