लक्ष्मी बैंकले शुरु गर्यो  एनिमेटेड भाइबर सेवा

  २०७६ मंसिर २५ गते १३:१२     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले नेपाली एनिमेटेड प्याकको शुरु गरेको छ । भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यले सोमबारदेखि भाइबरमा १६ प्रकारका स्टिकर रहेको एनिमेटेड भाइबर–स्टिकर सेटको प्रारम्भ गरेको हो ।

भाइबरमा भएका स्टिकरहरु रमाइलो एवं रंगीन अभिव्यक्तिको माध्यम भएकाले लक्ष्मी बैंकको “ग्रिटिङ्स फ्रर्म लक्ष्मी” प्याकले पनि त्यसलाई सघाउने अपेक्षा गरिएको छ । भाइबर च्याटमा मौद्रिक भाषामा समयानुकुल कुराकानी गर्न, धन्यवाद व्यक्त गर्न तथा अन्य सन्देशहरु आदानप्रदान गर्न अब लक्ष्मी बैंकको रचनात्मक भाइबर स्टिकरहरु प्रयोग गर्न सकिनेछ ।

उक्त प्याकले बैंकको ग्राहसँगको सम्बन्धलाई थप मजबुत बन्नुका साथै यो स्टिकरमार्फत् नयाँ र विद्यमान ग्राहकहरुलाई हाम्रो भाइबर खाताद्वारा थप नजिक ल्याउन सक्ने अपेक्षा गरिएको लक्ष्मी बैंककी रणनीति तथा बजार विभाग प्रमुख भारती पाण्डेले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.