१० दिनदेखि बन्द भरतपुर विमानस्थल आजदेखि खुल्यो

  २०७६ मंसिर २५ गते ११:४५     विकासन्युज

चितवन । भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो ।

धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिएका छन् । विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ ।

गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ । भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच/पाँच वटा जहाजले काठमाडौँ र एक/एक वटा जहाजले पोखरा उडान भर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.