लोक सेवा आयोगको खुल्ला तथा समावेशीतर्फ ७६८ जनाकाे माग

  २०७६ मंसिर २५ गते ११:३६     विकासन्युज

काठमाडौं । लोक सेवा आयोग अन्तर्गत अप्राविधिक, शाखा अधिकृत वा सो सरह पदको खुल्ला तथा समावेशी लिखित परीक्षातर्फ ७६८ जनाको माग खुल्ला गरेको छ ।  निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा आ.प्र. खुल्ला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षा हुने आयोगले जनाएको छ ।

तोकिएको पदमा आगामी चैत १७ गतेदेखि २६ गतेसम्म परीक्षा हुने विषयमा लोक सेवा आयोगले सूचना निकालेको छ । राजपत्राङ्कित तृतिय श्रेणी न्याय सेवा अप्राविधिक तर्फ २५५ जनाको माग रहेको छ । त्यसमा सबै भन्दा बढी खुल्ला तर्फ १३६ जना, महिला ३७ , आदीवासी/जनजाति तर्फ ३० जना, मधेसी तर्फ ३० जना, दलित ११, अपाङ्ग ६ र पिछडिएको क्षेत्रबाट ५ जानको माग रहेको छ ।

त्यस्तै राजपत्राङ्कित तृतीय श्रेणी (परराष्ट्र, प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद) संयुक्त र एकीकृत तर्फ सबैभन्दा बढी ५१३ पद संख्या माग रहेको छ । जसमा सबै भन्दा बढी खुल्लातर्फ २८३ महिला तर्फ ७७ जना, आदीवासीमा ६१, मधेसी ५१ जनाको माग रहेको छ । दलित २०, अपाङ्ग ११, पिछडिएको क्षेत्रबाट १० जनाको माग रहेको छ ।

त्यस्तै न्याय सेवाको खुल्ला तथा समावेशी तर्फ प्रथम, द्धितिय पत्रको लिखित परीक्षा चैतको १७, १८, १९ गते हुने भएको छ । व्यवस्थापिका संसद सेवा परीक्षा चैत २०, २१ गते र संयुक्त र एकीकृत खुल्ला तथा समावेशी तर्फको प्रथम, द्धितिय, तृतीय, चतुर्थ पत्रको परीक्षा २२ गतेदेखि २६ गतेसम्म हुने जानकारी लोक सेवा आयोगले गराएको छ ।

दरखास्त दिने अन्तिम मिति पुस १५ सम्म रहेकाे छ भने दाेब्बर दस्तुर  तिरी पुस २२ गतेसम्म  psconline.psc.gov.np मार्फत दरखास्त आवेदन दिनु पर्ने  आयोगले जनाएकाे छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.