हिमालय एयरलाइन्सले हप्तामा दुई पटक क्वालालम्पुर उडान भर्ने

  २०७६ मंसिर २५ गते ११:०९     विकासन्युज

काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियास्थित क्वालालम्पुर उडान यही मंसिर २३ गतेदेखि सुरु गरेको छ । एयरलाइन्स क्वालालम्पुरको लागि आफ्नो पहिलो उडान सन् २०१७ को फेब्रअरी १० बाट सुरु गरेको थियो । वैदेशिक रोजगारीमा मलेसिया जानेहरुका लागि स्वीकृति रोकिएपछि सन् २०१८ को नोभेम्बरबाट एयरलाइन्सको मलेसियाको उडान स्थगित भएको थियो ।

भ्रमण वर्ष २०२० को संघारमा एयरलाइन्सले क्वालालम्पुरको उडान पुर्नसंचालन गर्दै मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षित गर्न र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यी दुई स्थानबीचको उडानले दुवै देशका यात्रुहरुलाई व्यावसायिक अवसर प्रदान गर्ने र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठ बताएका छन् ।

हिमालय एयरलाइन्सकाु पुनःआरम्भ उडान H9 ८९० कुल १५० यात्रुसहित नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०१९ डिसेम्बर ९ मा स्थानीय समय २१ः३५ मा क्वालालम्पुरको लागि उडेको थियो र क्वालालम्पुर स्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ डिसेम्बर १० मा स्थानीय समय ४ः१८ मा अवतरण गरेको थियो । हिमालय एयरलाइन्सकाे आवागमन उडान H9 ८९१ कुल ८२ यात्रुसहित क्वालालम्पुर विमानस्थलबाट सोही दिन स्थानीय समय ५ः२१ मा उडेको थियो र नेपालको त्रिभुवन विमानस्थलमा स्थानीय समय ७ः४६ मा अवतरण गरेको थियो ।

साप्ताहिक दुई दिने उडान तालिका उपयुक्त समयमा रहेको छ । साथै, दुवै रुटमा बिजनेश क्लासका लागि ४० किलो र इकोनोमी क्लासका लागि ३० किलोको ब्यागेजको सुविधा निःशुल्क उपलब्ध गराइएको छ । समय तालिका अनुरुपकै समयमै उडान भर्न निश्चित गर्ने उद्देश्य सहित निम्न बमोजिमको उडान तालिका सार्वजनिक गरिएको छ ।

उडान नं.    बहिर्गमन
विमानस्थल      बहिर्गमन समय    आवागमन विमानस्थल   आवागमन समय    दिन
H9 ८९०     काठमाडौं          २१ः२० घण्टा           क्वालालम्पुर              ४ः३०ंं१घण्टा    सोम,विही
H9 ८९१      क्वालालम्पुर        ५ः३० घण्टा             काठमाडौं               ७ः५५ घण्टा   मंगल, शुक्र

उल्लेखित सबै समय स्थानीय समय हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.