अपी पावरले ७ अर्ब ४० करोडकाे लगानीमा माथिल्लो चमेलिया आयोजना बनाउने

  २०७६ मंसिर २४ गते १९:३३     विकासन्युज

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले  ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने भएकाे छ ।  मंगलबार एक कार्यक्रमकाे आयोजना गर्दै कम्पनीले उक्त जलविद्युत आयोजना निर्माण गर्ने बताएकाे हाे ।

सुदूरपश्चिमकाे दार्चुलामा पर्ने साे आयोजना निर्माण गर्नका लागि ७ अर्ब ४० कराेड लगानी आवश्यक रहेकाे कम्पनीले जनाएकाे छ । आयोजना आउँदो बैशाखदेखि सुरु गरी  २०७९ मा सम्पन्न गर्ने कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए । साे आयोजनामा  २ अर्ब २२ करोड रुपैयाँ सेयर लगानी र बाँकी ५ अर्ब १८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण लगानी हुने छ ।

आयोजनाबाट २६ करोड ४१ लाख युनिट बिजुली उत्पादन हुने न्याैपानेले बताए । आयोजनाबाट हिउँदमा ३० र वर्षादमा ७० प्रतिशत ऊर्जा उत्पादन हुने उनकाे भनाइ छ ।  माथिल्लाे चमेलिया निर्माण गर्नका लागि कम्पनीले विद्युत विकास विभागबाट  विद्युत उत्पादन अनुमतिपत्र लिइसकेकाे जनाएकाे छ ।  अपीले चमेलियाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणसंग खरिदबिक्री सम्झौता पनि गरिसकेको छ ।

कम्पनीले ८.५ मेगावाटको माथिल्लो नौगाड र ८ मेगावाटको नौगाड आयोजनाबाट विद्युत उत्पादन गरिरहेको  छ । माथिल्लाे नाैगाडकाे गत कार्तिकमा सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जाेडेकाे थियाे भने नाैगाडले विगत दुई वर्षदेखि विद्युत उत्पादन गर्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.