चार वटा विकास बैंक एक्वाएर गर्दै सिटिजन्स बैंक, यसै वर्षकाे लक्ष्य १३० अर्ब रूपैयाँ

  २०७६ मंसिर २४ गते १८:३९     विकासन्युज

काठमाडौं । कुनै बेला सिटिजन्स बैंक इन्टरनेशनल , ग्लोवल आईएमई बैंक, प्राइम कमर्शिलयल बैंक, सनराईज बैंक, बैंक अफ एशिया र कमर्ज एण्ड ट्रन्ट बैंकलाई एउटै पुस्ताका बैंक भनेर भनिन्थ्यो । कमर्ज एण्ड ट्रष्ट बैंक ग्लोवल आईएमई बैंकमा मर्ज भयो । बैंक अफ एशिया एनआईसी बैंकमा मर्ज भई एनआईसी एशिया बन्यो ।

सिटिजन्स, ग्लोवल आईएमई, प्राइम र सनराईज बैंक आ–आफै तरिकाले अगाडि बढिरहेका छन् । कमर्स एण्ड ट्रष्ट र जनता बैंक नेपालसहित १८ वटा बैंक वित्तीय संस्थालाई समाहित गर्दै करिव २२५ अर्बको वासलातसहित ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।

असोज मसान्तसम्ममा प्राइम कमर्शियल बैंकको वासलात १०६ अर्बको बनेको छ । अन्तिम चरणमा पुगेको कैलाश विकास बैंक प्राप्तिसँगै यस बैंकको वासलात १४३ अर्ब नाघ्दैछ।

असोज मसान्तसम्ममा सनराईज बैंकको वासलात ९८ अर्ब ४८ करोड रुपैयाँको छ । र, सिटिजन्स बैंक इन्टरनेशलनको वासलात ९४ अर्ब ९२ करोड रुपैयाँको छ ।

वासलातको आकार जस्तै छ ती बैंकहरुको सेयर मूल्य पनि । ग्लोबल आईएमई बैंककाे अन्तिम कारोबार प्रतिकित्ता २९५ रुपैयाँ छ । प्राइम कमर्शियल बैंकको २७६ रुपैयाँ छ । सनराईज बैंकको २१८ रुपैयाँ छ । सिटिजन्स बैंकको १८४ रुपैयाँ छ ।

किन पछाडि पर्यो सिटिजन्स बैंक ? के छ अगाडि जाने योजना ? बैंकका प्रमोटर तथा सञ्चालक समितिको सदस्य प्रवलजंग पाण्डेलाई हामीले प्रश्न गर्यौं ।

‘सिटिजन्स बैंक धेरै राम्रो छ तर हामी विजनेश विस्तारमा चुक्यौ’ उनले भने–‘यसमा अरु कुनै कमजोरी छैन । विगतमा हामीसँगै खुलेका बैंकले मर्जरलाई धेरै प्राथमिकता दिए, हामीले कम प्राथमिकता दियौं ।’

प्रबलजंग पाण्डे

‘हामी पछाडि पर्नुको कारण समिक्षा भयो । प्वाइन्ट आउन पनि गर्यौ र अब गतिलिने बाटो पनि रोजिसक्यौ’ बैंकको मर्जर कमिटिका संयोजक समेत रहेका पाण्डेले नयाँ योजना सुनाउँदै भने–‘हामी सहयोगि विकास बैंक प्राप्तिको प्रक्रियामा छौं । यसै आर्थिक वर्षभित्र थप तीन वटा विकास बैंक सिटिजन्स बैंकमा मर्ज गराउँछौं ।’

पुँजी, विजनेश र नेटवर्क एकै साथ बढाउने विधि मर्जर नै भएकोले सहयोगि विकास बैंक बाहेक अन्य तीन विकास बैंक गाभेर यसै आर्थिक वर्षभित्र वासलात १३० अर्ब रुपैयाँ भन्दा माथि पुर्याउने लक्ष्य बैंकले लिएको उनले बताए ।

१४ वटा शाखासहित २ नम्बर प्रदेशमा बलियो उपस्थिति भएको सहयोगि विकास बैंक मर्ज हुने वित्तीकै बैंकको विजनेश करिव ५ अर्ब रुपैयाँले थपिने छ । असोज मसान्त सम्ममा बैंकको निक्षेप करिब ७२ अर्ब रुपैयाँ छ ।

हाल चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ भएको यस बैंकको शाखा गत असार मसान्तसम्ममा ८१ वटा छन् । बैंकले चालु आर्थिक वर्षभित्र १५ वटा नयाँ शाखा विस्तार गर्ने योजना बनाएको छ । गत वर्षको नाफाबाट बैंकले १५ प्रतिशत लाभांश वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.