२०१९लाई विदाई गर्दै दराजको अन्तिमभव्य किनमेल मेला “१२.१२” हुँदै

  २०७६ मंसिर २४ गते १७:०४     विकासन्युज

काठमाडौं । ११.११. को भव्य सफलता पछि नेपालको अनलाइन् सपिङ्ग गन्तव्य, दराजले, वर्षको अन्तिममा भव्य किनमेल मेलादराज १२.१२. को घोषणा गरेको छ । दराजको १२.१२.अभियान यही २६ मंसिरदेखी पुष २ सम्म लागू हुनेछ ।

यस अभियानद्वारा उपभोक्ताहरुले अन्तर्रािष्ट्रय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६० प्रतिशतसम्मको भारी छुट, मेगाडिलहरु, क्रेजी भाउचरहरु पाउनुका साथै मिसन १२.१२. र वान रुपी गेम जस्ता नयाँ र रमाइला गेमहरुमा भागलिन पाई उपहारहरु प्राप्तगर्न सक्ने छन् । साथै उपभोक्ताहरुले दराजका बैंकिङ्ग पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अन्लाईन पेमेन्ट गर्दा थप २० प्रतिशतसम्मको छूट पाउनेछन् ।
दराज ११.११. को रेकर्ड तोड्ने सफलताले गर्दा गत नोवेम्बर महिना दराजको लागि एकदमै लाभदायी थियो ।

दराज ११.११.मा दराजएप र वेबसाइटमा ३.५ लाखभन्दा बढी प्रयोकर्ताहरुको उपस्थितिथियो जुनपोहोर को भन्दा७५ प्रतिशत बढी हो । यसपालीको ११.११ मा तीन हजारभन्दा बढी बिक्रेता थिए । साथै दराजले २४ भन्दा बढी सहरहरुमा १.५ लाखभन्दा बढी सामानहरुको व्यापार गराउन सफल भयो ।

नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगका अनुसार दराज ११.११. को रेकर्ड तोड्ने सफलता र ब्ल्याकफ्राईडे को थप सफलताले गर्दा गत नोवेम्बर हामी र हाम्रो बिक्रेताहरुको लागि“सुपर नोवेम्बर” नै हुनु पर्ने बताए । उनले भने ‘हामी यो सफल साल, २०१९, हामीलाई सदैव सपोर्ट गर्नुहुने उपभोक्ताहरुका साथ् भव्यतरिकाले विदाई गर्न चाहान्छौं । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.