कलंकी–कोटेश्वर सडक मानव एम्बुस बन्दै, फुटेको स्ल्यावमा खुट्टा पस्दा राम भए घाइते

  २०७६ मंसिर २४ गते १४:०२     राजाराम न्यौपाने

काठमाडौं ।  चीन सरकारको सहयोगमा बनेको कलंकी– कोटेश्वर सडक खण्डमा यात्रुका लागि मानव एम्बुसमा परिणत हुँदै गहिरहेको छ । न कलंकी– कोटेश्वर सडक खण्डमा पर्याप्त मात्रामा जेब्राक्रसिङ छ न दायाँ–बायाँको यात्रुले यात्र गर्ने फूटपाथ छ । फूटपाथका धेरै स्ल्यापहरु फुटेर छन् ।  सडक मानव एम्बुसमा परिणत हुने थालेको छ । कलंकी– कोटेश्वर सडक खण्डको दायाँ–बायाँ ढलको स्ल्याप फुटेर सडक पेटीमा यात्र गर्न जोखिम बढदै गएकाे छ ।

कलंकी–कोटेश्वर सडक हेर्दा जति सुन्दर, सुविधाजनक र अत्याधुनिक देखिन्छ, प्रयोगका हिसाबले उति नै जोखिमपूर्ण बन्दै गएको छ । चीन सरकारको सहयोगमा बनेको उक्त सडक १ वर्ष अघि नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । एकान्तकुन बस्ने राम लामा पनि सो सडक खण्डको दायाँ तर्फ हिडदाहिँदै ढलको स्ल्याव फुटेको ठाउँमा खुटट पसेर ३ दिनसम्म काममा जान नसकेको बताए । उनले भने सडक त राम्रो बन्यो तर, बेलैमा मर्मत नहुँदा यात्रुले ज्यानै जोखिममा राखेर यात्रा गर्नु परेको छ ।

सडक विभागको प्रवक्ता शिवहरि सापकोटा भने हामीले सडक डिभिजन ललितपुरलाई सडक सेप्टीका लागि बजेट छुट्र्याएको बताए । तर, सडक डिभिजन ललितपुरका सूचना अधिकारी सुमित्रा अधिकारीसँग कुरा गर्दा चीनले बनाएको सडकमा हामीले केही पनि नगरेको जानकारी दिइन ।

केही वर्ष अघिसम्म अस्तव्यस्त रहेको कलंकी कोटेश्वर सडक अहिले आठ लेनको बनेको छ । सडक हेर्दा सुन्दर देखिन्छ । तर, व्यवस्थापन राम्ररी हुन नसक्दा पैदलयात्रु र सवारी चालकहरुले सास्ती खेप्दै आएका छन् । कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना र बल्खुमामात्र जेब्रा क्रसिङ राखिएको छ । त्यस्तै, कोटेश्वर, बी एन्ड बी अस्पताल अगाडि र बागडोलमा आकाशे पुल बनाइएको छ । १०.३९ किलोमिटर सडकमा यो पर्याप्त होइन ।

कोटेश्वरबाट कलंकी जाँदा कोटेश्वर, ग्वार्को, बी एन्ड बी अगाडि, चापागाउँ दोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना र बल्खुमा मात्र बस बिसौनी बनाइएको छ । त्यस्तै, कलंकीबाट कोटेश्वर आउँदा बल्खु, कुसुन्ती, महालक्ष्मीस्थान, सातदोबाटो, बी एन्ड बी अगाडि, ग्वार्को, बालकुमारी र कोटेश्वरमा मात्र बस बिसौनी छ । कलंकीमा पनि बस बिसौनी बनाइएको छैन । कलंकी–कोटेश्वरको अत्याधुनिक सडकमा सवारी क्रस गर्ने जम्मा ९ वटा स्थान छन् ।

कोटेश्वरबाट गुडेको गाडी ९ सय ७० मिटर कटेपछि बालकुमारी पुलबाट क्रस गर्न मिल्छ । त्यसपछि १ हजार २ सय ४ मिटर दुरीमा ग्वार्कोमा क्रस गर्न पाइन्छ । त्यसपछि १ हजार १ सय ४९ मिटर गुडेको सातदोबाटोमा मात्र क्रस गर्न मिल्छ । त्यहाँबाट २ सय ४० मिटरमै पर्ने चापागाउँ दोबाटोमा क्रस गर्ने ठाउँ बनाइएको छ ।

चापागाउँ दोबाटोबाट ५ सय ७४ मिटर दुरीमा महालक्ष्मीस्थानमा बाटो क्रस गर्न पाइन्छ । त्यसपछि १ हजार १ सय ६० मिटरपछि एकान्तकुना र २ हजार १ सय ९१ मिटरपछि सानेपामा क्रस गर्न पाइन्छ । त्यसपछि ३ सय २९ मिटर अगाडि गएपछि बल्खु र २ हजार ३६ मिटर अगाडि गएपछि कलंकीबाट मात्र क्रस गर्न पाइन्छ । कोटेश्वर, बी एन्ड बी र बागडोलमा राखिएका आकाशे पुल बनेको छ तर प्रयोग गर्ने त्यतिधेरै देखिदैनन् । यी पुल मान्छेको बढी भीड हुने ठाउँ र चोकबाट धेरै टाढा देखिन्छ । बस्ती, चोक र दुरी सन्तुलन मिलाइ जेब्राक्रस, पुल, बस स्टेशन मिलाएको भए सर्बसाधारणलाई यात्रा गर्दा थप सहज हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.