युनाईटेड इन्स्योरेन्सको सेयर १८० मा कटअफ, मन्जुश्री र एक्सेलले गरे आक्रामक लगानी

  २०७६ मंसिर २४ गते ८:४६     विकासन्युज

काठमाडौं । आवेदन नपारेको हकप्रद सेयर युनाईटेड इन्स्योरेन्स कम्पनीले बढाबढ मूल्यमा बिक्री गरेको छ । बढाबढमा बिक्री गर्दा साधारण सेयरको २८० रुपैयाँ ८० पैसा भन्दा बढीमा आवेदन गर्नेले मात्र पाएका छन् ।

सबैभन्दा बढी मूल्य तिर्ने आवेदकले २२० रुपैयाँमा ३०० कित्ता सेयर लिएका छन् । मञ्जुश्री फाइनान्सले प्रतिकित्ता २०० रुपैयाँको दरले १ लाख कित्ता आवेदन गरेकोमा उसले पाएको छ । त्यस्तै, एक्सले डेभलपमेन्ट बैंकले प्रतिकित्ता १८० रुपैयाँ ८० पैसामा आवदेन गरेकोले यहि मूल्यमा कटअफ भएको छ ।

प्रतिकित्ता १८० रुपैयाँ भन्दा कम मूल्यमा आवेदन गर्ने सेयर नपाएको कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए । साेमबार नेप्सेमा यस कम्पनीकाे सेयर प्रतिकित्त २३७ रूपैयाँमा काराेबार भएकाे छ ।

उनका अनुसार प्रमोटर सेयरको लागि भने आवेदन परेन । अक्सनको पहिलो चरणमा हालका प्रमोटरले मात्र आवेदन गर्न पाउने व्यवस्था थियो । अब सर्वसाधारणले पनि संस्थापक सेयर किन्न पाउने गरि बढाबढ मूल्यमा बिक्री गरिने उनले जानकारी दिए ।

इन्स्योरेन्सले संस्थापक समूहको १ लाख ५७ हजार ६ सय कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख ४१ हजार ५ सय कित्ता गरी जम्मा ४ लाख ९९ हजार १ सय कित्ता शेयर बिक्रीमा राखेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.