पिटर इंग्ल्यान्ड अब उपत्यका बाहिर पनि, बिहीबारदेखि भरतपुरको सिजी ल्यान्डमार्कमा आउटलेट

  २०७६ मंसिर २३ गते १९:०५     विकासन्युज

काठमाडौं । फर्मल र क्याजुअल मेन्सवेयर (पुरुषले लगाउने रेडिमेड कपडा) का लागि विश्वविख्यात ब्रान्ड पिटर इंग्ल्यान्डले उपत्यका बाहिर पनि आउटलेट विस्तार गर्ने भएको छ ।

करिब १४ वर्षअघि नेपाल प्रवेश गरेको कम्पनीले चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा आउटलेट विस्तार गर्ने योजना बनाएको हो । यही मंसिर २६ गते उक्त आउटलेट उद्घाटन गर्ने कम्पनीको योजना छ ।

सिजी ल्यान्डमार्कको पहिलो तल्लामा खुल्ने उक्त आउटलेटको उद्घाटन अभिनेत्री प्रियंका काकीबाट गराउने कम्पनीको योजना छ । आउटलटको भित्री सजावटको काम सकिसकेको कम्पनीले जनाएको छ ।

सन् १८८९ मा स्थापित पिटर इंग्ल्यान्ड विश्वभरी नै गुणस्तरीय मेन्सवेयरको पर्यायको रुपमा छ । यो ब्रान्डमा जाडो र गर्मी दुवै सिजनका लागि उपयुक्त कमिज, ब्लेजर, सुट, स्वेटर लगायत फर्मल र क्याजुअल पुरुष गार्मेन्ट उपलब्ध छन् । यसले आफ्नो विशिष्ट डिजाइन स्टुडियोले तयार गरेको डिजाइनमा आधारित गार्मेन्ट उत्पादन गर्छ । पिटर इंग्ल्यान्ड भान हेउसेन, लुइस फिलिप्पे, अलेन सोले, सान फिस्को जस्ता विश्वविख्यात ब्रान्डको प्रतिस्पर्धी ब्रान्ड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.