फिनल्यान्डमा ३४ वर्षिय युवा प्रधानमन्त्री, नेपालमा कहिले

  २०७६ मंसिर २३ गते १७:२५     विकासन्युज

काठमाडौं । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । नेपालमा भने युवाले राजनितीमा स्थान नपाएको भनेर बेला बेलामा चर्चा हुने गरेको छ । नेपालमा प्रधानमन्त्री ५० वर्ष भन्दा माथिका नै हुने गरेका छन् ।

प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन् । पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन् । उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.