यामाहाले सार्वजनिक गर्यो २०२० संस्करणको ‘आर१५ भी३’, बीएस६ इञ्जिन र डुअल हर्न लगायतका विशेषता

  २०७६ मंसिर २३ गते १७:१७     विकासन्युज

काठमाडाैं । जापनिज मोटरसाइकल उत्पादक कम्पनी यामाहाले २०२० संस्करणको ‘वाइजेडएफ-आर१५’ लाई भारतमा सार्वजनिक गरेको छ । भारतीय बजारमा उक्त बाइकको मूल्य एक लाख ४५ हजार रुपैयाँ तोकिएको छ जुन पहिलेको तुलनामा तीन हजार रुपैयाँले महँगो हो ।

विशेष परिमार्जनको रुपमा ‘२०२० आर१५’ मा बिएस६ प्रदुषण मापदण्डको इञ्जिन दिइएको छ ।यसले पहिले भन्दा केहि कम पावर र टर्क प्रोड्युस गर्दछ । पहिलेको बिएस४ इञ्जिनले १९ बीएचपीको पावर प्रोड्युस गर्थ्यो भने यस बिएस६ इञ्जिनले १८.३ बीएचपीको पावर प्रोड्युस गर्दछ । त्यसैगरी उक्त इञ्जिनले पहिलेभन्दा ०.६ एनएम कम टर्क अर्थात् १४.१ एनएमको टर्क प्रोड्युस गर्दछ ।

थप परिमार्जनहरुका रुपमा नयाँ आर१५ मा पछाडितर्फ रेडियल टायर जडान गरिएको छ भने साइड-स्ट्याण्ड इञ्जिन कट-अफ स्विच पनि समावेश गरिएको छ । त्यसैगरी, उक्त बाइकमा दुईवटा हर्नको विशेषता रहेको कुरा पनि कम्पनीले जनाएको छ ।

२०२० आर१५ रेसिङ्ग ब्लु, थन्डर ग्रे र डार्कनाइट गरी ३ कलर अप्सन्समा उपलब्ध रहेको छ जसमध्ये डार्कनाइटको मूल्य चाहिँ एक लाख ४७ हजार रुपैयाँ तोकिएको छ ।

आर१५ भी३ स्लिपर क्लच र डुअल च्यानल एबीएस जस्ता सेफ्टी फिचरहरु समावेश भएको फेयर्ड मोटरसाइकल हो जसलाई युवावर्गहरुले अत्यन्तै रुचाएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.