नेप्से सातामै ३७ अंकले बढ्यो, ४६ करोडको कारोबार हुँदा ५ कम्पनीका शेयरधनी मालामाल

  २०७६ मंसिर २३ गते १५:४१     विकासन्युज

काठमाडौं । नेप्से परिसूचक एक सातामै ३७ अंकले बढेकाे छ । गत मंसिर २३ गते ११११.९९ अंकमा रहेकाे परिसूचक आज(सोमबार)सम्म निरन्तर बढेर ११४८.८९ अंकमा पुगेकाे छ । पछिल्लाे समय निरन्तर ओरालो लागेको बजारले करिब एक साता अघिदेखि भने केही गति लिएको देखिन्छ ।

सोमबारको नेप्से परिसूचक १३.५२ अंकले बढेर ११४०.८९ विन्दुमा पुगेको छ । जुन गत एक महिनायताकै उच्च बिन्दु हो । मंसिर १६ गतेदेखि निरन्तर सामान्य अंकले उकालो लाग्दै आएको बजार सोमबार दोहोरो अंकले बढेर एकमहिना यताकै उच्च विन्दुमा पुगेको छ । आइतबारको तुलनामा सोमबारको नेप्से परिसूचकमा १.१९ प्रतिशतको वृद्धि भएको छ ।

परिसूचक सँगै कारोबारमा रकममा पनि उच्च सुधार भएको छ । पछिल्लो समय शेयर कारोबार १५ देखि ३५ करोडमा सीमित भइरहेको थियो । सोमबारको बजारमा ४६ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बजारमा १७३ कम्पनीको १४ करोड ५९ लाख कित्ता शेयर किनबेच भएको छ ।

सोमबार कारोबारमा आएका दुई समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १५६ अंकले उकालो लागेको छ । त्यस्तै, जीवन बीमा समूह ६०, माइक्रोफाइनान्स समूह ५०, विकास बैंक समूह २८, उत्पादनमूलक समूह २९, होटल १३, हाइड्रोपावर १६, ट्रेडिङ १६ र बैंकिङ समूह ७ अंकले बढेका छन् । अन्य र म्युचअल फण्ड समूह सामान्य अंकले ओरालो लागेका छन् ।

सो दिन ५ वटा कम्पनीका शेयरधनीले ९ प्रतिशत बढी कमाएका छन् । समीट लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको ९.९५, समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.८० र मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.५२ प्रतिशतले बढेको छ ।

बजारमा ८ कम्पनीको करोडौंको शेयर कारोबार भएको छ । नेपाल बैंकको सबैभन्दा बढी शेयर कारोबार भएको छ । बैंकको दुई करोड ३० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । एनएमबि बैंकको एक करोड ९२ लाख, डिप्रोक्स लघुवित्तको एक करोड ७२ लाख, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको एक करोड ६७ लाख, हिमालयन डिष्टीलरीको एक करोड २३ लाख, प्रभु बैंकको एक करोड १८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको एक करोड १७ लाख र बुटवल पावर कम्पनीको एक करोड १५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.