तनहुँमा ८४४ लाभग्राही थपिए

  २०७६ मंसिर २३ गते १४:४८     सानेबहादुर नेपाली

तनहुँ । जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँमा ८४४ लाभग्राही थपिएका छन् । भूकम्पबाट पीडित भई छुटेका उनीहरुले गुनासो फारम भरी लाभग्राहीमा समावेश भएका हुन् । थप भएका सङ्ख्यासँगै तनहुँमा कूल १५ हजार १३१ लाभग्राही रहेको सो कार्यालयले जनाएको छ ।

कार्यालयकी मनुमाया आलेले दिएको जानकारीअनुसार भूकम्पबाट जिल्लाको व्यास नगरपालिकाका पूर्ण क्षति भएका दुई हजार १३, आंशिक क्षति भएका ३६१, भानु नगरपालिकाका पूर्ण क्षति भएका चार हजार ४१२, आंशिक १८८, शुक्लागण्डकी नगरपालिकामा पूर्णक्षति भएका एक हजार ८८७, आंशिक ६१, भिमाद नगरपालिकाका पूर्णक्षति भएका एक हजार १२७ र आंशिक १६८ रहेका थिए ।

त्यसैगरी, बन्दिपुर गाउँपालिकामा पूर्णक्षति भएका एक हजार १४, आंशिक ५०, आँबुखैरेनी गाउँपालिकामा पूर्णक्षति भएका ७२२ आंशिक १७०, देवघाट गाउँपालिकामा पूर्णक्षति भएका ६००, आंशिक ४८, घिरिङ गाउँपालिकामा पूर्णक्षति भएका ३०२, आंशिक तीन, म्याग्दे गाउँपालिका पूर्णक्षति भएका एक हजार ३४१, आंशिक ५४ र ऋषिङ गाउँपालिकामा पूर्ण क्षति भएका ५३७ र आंशिक ८२ रहेका थिए ।

तेह्र हजार ९४६ पूर्णक्षति भएका र एक हजार १८५ आंशिक गरी कूल १५ हजार १३१ लाभग्राही रहेको कार्यालयका शाखा अधिकृत सूर्यप्रसाद शर्माले बताए । उनका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा पूर्णक्षति भएका १२ हजार ६९२ र आंशिक क्षति भएका २१७ गरी १२ हजार ९०५ लाभग्राहीले पहिलो किस्ता लिएका थिए भने दुई हजार ४५९ जनाले दोस्रो र २१७ जनाले तेश्रो किस्ता लिएका थिए ।

त्यसैगरी २०७५/०७६मा ३१३ जनाले पहिलो किस्ता, पाँच हजार २६५ जनाले दोस्रो किस्ता र पाँच हजार १३२ जनाले तेश्रो किस्ता लिएका थिए । आव २०७६/०७७ मा प्राविधिक खटिनु पूर्व दोस्रो किस्ता ६८ जनाले लिई सकेका थिए भने प्राविधिक खटिएपछि ४०० जनाले दोस्रो र एक हजार २०५ लाभग्राहीले तेश्रो किस्ता लिएका थिए । कार्यालयका शाखा अधिकृत शर्माका अनुसार तनहुँमा हालसम्म आठ हजार २०८ लाभग्राहीलाई दोस्रो र छ हजार ४६९ लाभग्राहीका लागि तेश्रो किस्ता निकासा भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.