सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६ः वित्तीय पहुँच विस्तारमा सरकारको प्रतिबद्धता

  २०७६ मंसिर २३ गते १२:५९     विकासन्युज

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा वित्तीय सम्मेलन सम्पन्न भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा धनगढीमा मंसिर २० गते आयोजित उक्त सम्मेलन “वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता” नाराका साथ आयोजना गरिएको हो ।

धनगढीमा भएको उक्त सम्मेलनमा नेपाल सरकार, नेपाल राष्ट बैक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरु र स्थानीयतहसँग सहकार्य एवं समन्वय गर्ने कार्यमा सहमति भएको छ ।यस्तै, नेपाल राष्टको नीति नियमअनुुुसार कृषि, पशुपालन, उद्यमशीलता, व्यवसायलगायत विभिन्न क्षेत्रमा सहुलियतपूर्ण र धितोविना कर्जा उपलब्ध गराउने पनि १० बुँदे सहमतिमा उल्लेख छ ।

यसै आर्थिक वर्षमा प्रदेशका सबै स्थानीय तहमा बैंकिङ सुविधा पुर्‍याउने पनि सहमति भएको मन्त्री बोहराले बताए । अहिले यहाँका पाँचवटा स्थानीय तहमा बैंकिङ सुविधा पुग्न सकेको छैन ।प्रदेश सरकारको तथ्यांकअनुसार, सुदूरपश्चिमको करिब ५० प्रतिशत जनसंख्या वित्तीय पहुँच बाहिर छ भने करिब पाँच प्रतिशत मात्र बिमाको दायरामा समेटिएका छन् । वित्तीय र बिमाको पहुँच विस्तारसँगै वित्तीय संस्थाको लगानी अभिवृद्धिका लागि प्रदेश सरकारले वित्तीय सम्मेलन गरेको हो ।

बिमासम्बन्धी आठबुँदे सहमति

वित्तीय सम्मेलनमै प्रदेश सरकार, नेपाल बिमक संघ र जीवन बिमक संघबीच सुदूरपश्चिममा बिमाको पहुँच विस्तारसम्बन्धी आठ बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

बिमा कम्पनीका शाखा विस्तारका लागि आवश्यक भौतिक पूर्वाधार, सञ्चार र सुरक्षामा प्रदेशले सहयोग गर्ने, बिमा कम्पनीले कानुनअनुसार, समयमा बिमा दाबी भुक्तानी दिने, प्रदेशमा बिमाको पहुँच बढाउन सहकार्य गर्ने सहमति भएको हो ।

त्यस्तै, बिमासम्बन्धी साक्षरता कार्यक्रम सञ्चालनमा पनि सहकार्य गरेर जाने सहमति भएको मन्त्री बोहराले बताए । प्रदेशमा वित्तीय पहुँच विस्तारका लागि वित्तीय सम्मेलन कोसेढुंगा सावित हुने उनको भनाइ छ ।

प्रदेशमा वित्तीय र बिमाको पहुँच निकै कम छ । सम्मेलनले यसको विस्तारमा ठूलो सहयोग पुग्नेछ मन्त्री बोहराले बताएका छन्। बैंक तथा वित्तीय संस्था र बिमक संघबीच भएका सहमतिअनुसार अघि बढ्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.