राष्ट्रिय बीमा संस्थानद्वारा बीमा अभिकर्ता तालिम सम्पन्न

  २०७६ मंसिर २३ गते ११:४१     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले बीमा अभिकर्ताकाे आधारभूत तालिम सम्पन्न गरेकाे छ । उक्त कार्यक्रम नारायणगढ शाखाले मंसिर १९ देखि २१ गतेसम्म जीवन बीमा अभिकर्ताको लागि आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको हाे ।

तालिमको माध्यमबाट व्यवसाय विस्तार र आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको  थियाे ।

संस्थानका नारायणगढ शाखाका प्रमुख उषा सापकोटाको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा संस्थानका बुटवल शाखाका प्रमुख लगायत चार जना प्रशिक्षकहरुद्वारा बीमा व्यवसायको सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.