जसले तपाईंको वाहनलाई दुर्घटना हुनबाट जोगाउँछ, जानौं ‘एबीएस’ को नालीवेली

  २०७६ मंसिर २२ गते १९:२०     विकासन्युज

चाहे कार होस् या बाइक, जो पनि आफ्नो वाहनलाई पुरै रफ्तारमा चलाउन मनपराउँछन् । तर वास्तवमा भन्ने हो भने संसारभर हुने धेरैजसो दुर्घटनाको प्रमुख कारणमा ‘तीव्र गती’लाई पहिलो नम्वरमा पाइएको छ । तीव्र गतिमा रहेको वाहनलाई अचानक रोक्नु परेको खण्डमा वाहन चालकको नियन्त्रण बाट बाहिर जान्छ र दुर्घटना हुने गर्दछ । विज्ञहरु भन्ने गर्छन् कि ब्रेकमा पूरा काबु पाउने हो भने ९९ प्रतिशत सम्भावित दुर्घटनालाई अवश्य रोक्न सकिन्छ ।

तपाईंको मनमा एउटा प्रश्न उठ्न सक्छ, के हामीसित कुनै त्यस्तो प्रविधि छ्रैन, जसले दुर्घटना हुन नदिओस् ? पक्कै छ र त्यसको जवाफ हो ‘एबीएस’ ।

‘एबीएस’ अर्थात् ‘एन्टी लक ब्रेकिङ्ग सिस्टम’ एउटा त्यस्तो अटोमोवाइल सेफ्टी सिस्टम हो जसले वाहनको ब्रेकिङ्गलाई एकदमै सुरक्षित बनाउँछ । एबीएसमा अलग कम्पोनेन्टहरु हुन्छन् जसले एउटा सिङ्गो सिस्टमले जसरी नै काम गर्दछन् । ती विभिन्नमध्येको एउटा कम्पोनेन्ट ‘स्पिड सेन्सर’ ले चक्काको स्पिडको निरन्तर निगरानी गर्दछ र त्यो डाटालाई‘सेन्सर कन्ट्रोलर डिभाइस’ नामक अर्को कम्पोनेन्टमा पठाउँछ । उक्त डाटाबाट सेन्सर कन्ट्रोलर डिभाइसले स्पिडमा अचानक कमी आएको कुरा पत्ता लगाउँछ ।

डिस्कमा ब्रेकिङ्ग प्रेसर धेरै पर्न गयो भने चक्का लक हुने सम्भावना हुन्छ । तब आउँछ भल्भको काम । भल्भले ब्रेकिङ्ग प्रेसरलाई कन्ट्रोल गर्ने काम गर्दछ । डिस्कमा धेरै ब्रेकिङ्ग प्रेसर पर्न गएको वेला भल्भले त्यो प्रेसरलाई रिलिज गरिदिन्छ जसको कारण प्रेसर कम हुन जान्छ र पुनः ब्रेकिङ्ग प्रेसरलाई यथावत् राखिदिन्छ । यो प्रक्रियालाई भल्भले एक सेकेण्ड मा २० पटक सम्मदोहोर्याउँछ जसले गर्दा चक्का लक हुन नपाइ ब्रेक चाहेजसरी नै लाग्दछ र चालकले वाहनलाई सुरक्षित ढंगले नियन्त्रणमा लिन सक्दछ ।

वास्तवमै ‘एबीएस’ कुनैपनि वाहनका लागि अत्यावश्यक फिचर हो । त्यसैले नै हवाईजहाजबाट शुरु गरिएको यो प्रविधि कार मा हुँदै हिजोआज धेरैजसो मोटरसाइकलहरुमा पनि समावेस रहेको पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.