चितवनको पिठुवामा सनराइज बैंकको ४०औं शाखारहित बैंकिङ्ग सेवा

  २०७६ मंसिर २२ गते १८:४६     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले चितवन जिल्लाको पिठुवामा ४०औं शाखारहित बैंकिङ्ग सेवा संचालमा ल्याएको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ उक्त स्थानमा बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।

उक्त शाखाको उद्घाटन रत्ननगर नगरपालिकाको अध्यक्ष हरि कुमार श्रेष्ठ र बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य अचुत जङ्ग श्रेष्ठले गरेका हुन् । सो समारोहमा अचुत जङ्ग श्रेष्ठले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि नारायण कुमारलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन् । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

हालसम्म बैंकले १२६ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटिएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.