व्यक्तिगत विवेकबाट नभई विधिबाट मन्त्रालय चल्नेछः कृषिमन्त्री भूषाल

  २०७६ मंसिर २२ गते १८:२९     विकासन्युज

काठमाडौं । मन्त्रालय व्यक्तिगत विवेकबाट नभई विधिगत ढंगले चल्ने नवनियुक्त कृषिमन्त्री घनश्याम भूषालले बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकारसँग भएको छोटो भेटघाट कार्यक्रममा बोल्दै आगामी दिनमा मन्त्रालयले सबै स्थानिय तहसँग समन्वय बनाएर तथ्यांक एवंम नितिगत शैलीबाट अगाडी बढ्ने जानकारी दिए ।

उनले भने ‘यस क्षेत्रमा अझै धेरै कुरा बुझ्न बाँकी रहेको छ, हाल मैले मन्त्रालयको प्रशासनलाई पून व्यवस्थापन गर्ने निर्णयसँगै सेवालाई दूतशैली अगाडी बढाउने छ ।’ कृषि क्षेत्रमा देखिएका समस्या र समाधानका विषयलाई लिएर कामको जोश र जागरसँगै चुनौती रहेको जनाएका छन् ।

यस वर्ष सरकारले कृषि क्षेत्रमा छुट्याएको बजेट अनुसार कसरी कामलाई कसरी सफलता पूर्व सम्पन्न गर्ने भन्ने विषयमा केन्द्रित भई विषय बस्तुको बारेमा अध्ययन गरिरहेको जानकारी दिए । त्यस्तै सातै प्रदेशका कृषि मन्त्रीहरुबीच आगामी दिनको कार्य प्रणाली तथा योजनाको बारेमा छलफल गर्दै गरेको बताए ।

आफु मन्त्रालयमा आएपछि तथ्यांक समन्वयन नभएको महसुस गरेकाे जनाए । ‘कसरी नयाँ संयन्त्र बनाएर काम गर्ने भन्ने विषयमा छलफल भईरहेको छ , यस कुरामा मन्त्रालय पारदर्शि हुनेछ’ उनले भने ।
प्रथम पत्रकार भेटघाटमा कृषिमन्त्री भूषालको कार्यक्रमलाई समापन गर्दै कृषि क्षेत्रका गतिविधिलाई तथा समस्यालाई ध्यानमा राखी मिडियाकर्मीले आफ्नो मिडियामा समसामयिक विषयलाई समाभेष गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.