नर्भिक हस्पिटलले पायो ‘सफलताको शिखर अवार्ड’, वर्ल्ड बिजनेस लिडरबाट सम्मानित

  २०७६ मंसिर २२ गते १८:२१     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले ‘सफलताको शिखर अवार्ड’ पाएको छ । हस्पिटलले हालै मलेसियाको क्वालालम्पुरमा अमेरिकी चेम्बर अफ कमर्सको एक निकाय वर्ल्ड कन्फडेरेसन अफ बिजिनेसेस(वर्ल्डकब)द्धारा उक्त अवार्ड पाएको हो ।

उक्त सम्मान मलेसियाको क्वालालम्पुरमा आयोजित एक अन्तर्राष्ट्रिय समारोह द बिज एमिया २०१९का बीच नर्भिकलाई प्रदान गरिएको हो । उक्त सम्मान वल्र्डकबका विगतका समारोहहरुमा अर्थात् द बीज सम्मान समारोहमा सम्मानित र पुरस्कृत भएका संघ संस्था जो विगतको सम्मान पश्चात् पनि आफ्नो उत्कृष्टता कायमै राख्न सफल हुन्छन्, तिनलाई मात्रै प्रदान गरिँदै आएको वर्ल्डकबले जनाएको छ ।

उक्त समारोहमा नर्भिकलाई वल्र्डकब परिवारको प्लेटिनम मेम्वर समेत प्रदान गरियो । वर्ल्डकबले नर्भिकलाई आगामी दिनहरुमा यसका सेवाका स्तरलाई उकास्न भरमग्दुर र निरन्तर प्रयास गर्ने प्रतिबद्धता समेत दोहोर्याएको छ । नवीनतम् प्रविधिका क्षेत्रमा नर्भिकलाई सहयोग गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा विकसित पार्न हर-सम्भव उपायहरुको अवलम्बन गरिने समेत बताएको छ ।

उपरोक्त पुरस्कार/सम्मानका अलावा नर्भिकलाई स्वास्थ्य सेवामा विश्व व्यवसायिक नेतृत्व(वर्ल्ड बिजनेस लिडर) नामक सम्मानका साथ यसलाई ठूलो प्रेरणादायी संस्थाका रुपमा समेत सम्मान गरिएको थियो । वर्ल्डकबका तर्फबाट मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले एक विशेष समारोहबीच उपरोक्त पुरस्कार तथा सम्मानहरु नर्भिकका पदाधिकारीहरुलाई अर्पण गरेका थिए ।

नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले नेपाली स्वास्थ्य सेवाका फाँटलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न खेलेकी प्रभावकारी एवम् नेतृत्वदायी भूमिकावापत उनलाई वर्ल्ड लिडर बिजिनेस पर्सनसम्मानद्धारा पुरस्कृत गरिएको थियो । आफ्नो संस्थामा नवीनतम्, सुविज्ञ र व्यवस्थित वातावरणको सिर्जना गर्दै नेपाली स्वास्थ्य सेवाका फाँटलाई उकास्न मद्दत पुर्याएवापत उनलाई सो पुरस्कारले सम्मान गरेको वर्ल्डकबले जनाएको छ । सो अवसरमा नर्भिकका पदाधिकारीहरुका साथ कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहलाई पनि व्यवसायिक नेतृत्वमा सर्वोत्कृष्ट विषयक सम्मान प्रदान गरिएको थियो ।

वर्ल्डकबले आ-आफ्ना क्षेत्रमा विश्वव्यापी ख्याति प्राप्त गरेका र नेतृत्वदायी भूमिका खेलेका कम्पनी तथा व्यक्तित्वहरुलाई सम्मानित र पुरस्कृत गर्ने गर्दछ ।

उत्कृष्ट स्वास्थ्य सेवाको रजत महोत्सव मनाइसकेको नर्भिकले नेपाली निजी क्षेत्रका हस्पिटलमध्ये सर्वप्रथम “ग्लोवल ग्रिन एण्ड हेल्दी हस्पिटल्स्”, अमेरिकाको सदस्यता प्राप्त गरेको थियो । नेपालमै सर्वप्रथम आइ.एस.ओ. प्रमाणीकरण र उत्कृष्ट प्रयोगशाला सेवाका लागि एनएबीएल प्रमाणिकरण पाउने नर्भिकले यसपूर्व युरोप बिजिनेश एसेम्बेली, बेलायतबाट उत्कृष्ट क्षेत्रीय हस्पिटल, नेपालको उत्कृष्ट इम्प्लोयर ब्राण्ड र जर्मनीको बर्लिनमा अन्तर्राष्ट्रिय क्वालिटी च्वाइस प्राइज जस्ता सम्मान/पुरस्कारहरु प्राप्त गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.