ग्लोबल आइएमई बैंकका सीईओ परशुरामकुंवर क्षेत्रीले गरे पदबहाली

  २०७६ मंसिर २२ गते १७:५६     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत परशुरामकुंवर क्षेत्रीले पदबहाली गरेको छन् । गत शुक्रबार सम्पन्न भएको मर्जरको औपचारिक कार्यक्रम पश्चात बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्षेत्रीलाई पदबहाली गराएका हुन् ।

तीन दशक भन्दाबढी समय बैंकिङ्ग क्षेत्रमा रहेका क्षेत्री २०७४ सालअसार १ गते देखि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि उनले तत्कालिन बैंक अफएसिया र ग्राण्ड बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गरिसकेका छन् ।

वि.सं. २०४२ साल देखि तत्कालिन ग्रिनलेज बैंकबाट बैंकिङ्ग क्यारियर शुरु गरेका क्षेत्रीले तत्कालिन सरकारले विदेशी विज्ञहरु समेतको सहभागितामा गठन गरेको नेपाल बैंकको वित्तीय सुधार कार्यक्रमको टिममा रहेर करिब तीन वर्ष ६ महिना काम गरेका थिए ।

ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई मंसिर २० गतेदेखि एकिकृत कारोबार शुरु भएको हो । यससँगै एकिकृत ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजीकोष २४ अर्ब रुपैयाँ, कुल निक्षेप २१३ अर्ब रुपैयाँ, कुल कर्जा १९४ अर्ब रुपैयाँभन्दा बढी रहेको छ ।

त्यस्तै, ७ वटै प्रदेश र ७७ वटै जिल्लामा पुग्ने गरी बैंकका ३ सय भन्दा बढी शाखा/सञ्जाल, २५९ एटिएम, २४४ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्स्टेन्सन तथा राजस्व काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० भन्दा बढी सेवा केन्द्रहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.