लिखु-ए जलविद्युत आयोजनाको सुरुङ्ग निर्माण सम्पन्न, असार भित्रै विद्युत उत्पादन गर्ने

  २०७६ मंसिर २२ गते १७:१०     विकासन्युज

काठमाडौं । सोलुखुम्बु जिल्लामा नुम्बुर हिमालय हाईड्रोपावर प्रा.लि.द्धारा निर्माणाधिन २९.४ मेगावाट विद्युत क्षमताको लिखु-ए जलविद्युत आयोजनाको सुरुङ्ग तथा सबै भूमीगत संरचनाहरुको निर्माण कार्य सम्पन्न भएको छ । २.५ किलोमिटरको सुरुङ्ग तथा सबै भूमीगत संरचनाहरुको निर्माण कार्य कम्पनीका कर्मचारीहरुको अथक परिश्रमका साथ ८ महिना भित्रै सम्पन्न भएको एमभी दुगड ग्रुपले जनाएको छ ।

सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भई बग्ने लिखु नदीमा नेपालकै पुरानो र प्रतिष्ठीत औद्योगिक घराना एमभी दुगड ग्रुपद्धारा प्रवद्र्धित ३ वटा जलविद्युत आयोजनाहरु निर्माणाधिन रहेको छ । त्यसमध्ये मा त्यस मध्येको लिखु-ए जलविद्युत आयोजना एक हो ।

जलविद्युत आयोजना निर्माणको इतिहासमा यति लामो सुरुङ्ग छोटो समयमा पूरा भएको छ । लिखु-ए जलविद्युत आयोजनाबाट आगामी २०७७ आषाढ महिना अगाडि नै विद्युत उत्पादन गरी उक्त विद्युत देवीटार स्थित राष्ट्रिय प्रशारण लाईन न्यू खिम्ती विद्युत सव स्टेशनमा जोडिने कम्पनीले जनाएको छ ।

त्यस्तै गरी लिखु नदीमा एमभीदुगड़ ग्रुप द्धारा प्रवद्र्धित अन्य दुई जलविद्युत आयोजनाहरु ५५ मेगावाट क्षमताको लिखु-२ र ७७ मेगावाट क्षमताको लिखु-१ जलविद्युत आयोजनाहरु समेतको रातदिन गरी दु्रतगतिमा निर्माण कार्य भईरहेको एम.भी.दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड बताउँछन् ।

यसरी एमभीदुगड़ ग्रुप द्धारा लिखु नदीमा प्रवद्र्धित तीनवटै परियोजनाहरुको जडित क्षमता १५८ मेगावाट हुनेछ । तीनवटै परियोजनाको पहुंच मार्ग लगायत स्थानिय जनसमूदायहरु समेतको लागि परियोजनाले आफ्नै खर्चमा न्यूनतम २० फूट चौडा र १२ ह्रै महिना नै चल्न सक्ने ढंगले सडकको डिजाईन गरी नयाँ सडक लगायत सडकको स्तर उन्नती समेत गरी लगभग १२५ किलोमिटर सडक निर्माण गरेको छ । कन्स्ट्रक्सन पावरको लागि परियोजनाले ३३ केभि क्षमताको लगभग ४५ किलोमिटर लामो ट्रान्समीसन लाईन आफ्नै खर्चमा निर्माण गरी एक उदाहरणिय कार्य समेत गरेको छ ।

साथै, यी परियोजनाहरुमा “विदेशी प्रत्यक्ष लगानी” समेत आउने गरी लगानी सम्झौता समेत भई आवश्यक स्वीकृतिको लागि सम्वन्धित निकायमा कारवाही समेत चलिरहेको कम्पनीेल जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.