पूनर्बीमा कम्पनीमा सीईओ नियुक्ती दुइ साता पर धकेलियाे

  २०७६ मंसिर २२ गते १६:०४     विकासन्युज

काठमाडौं । नेपाल पूनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रकृया दुई साता पर धकेलिएको छ । कम्पनीले गत साता नै प्रतिस्पर्धीलाई कार्य योजना प्रस्तुती गर्न लगाउने समय तय गरेको थियो । विशेष कारणले पूर्वनिर्धारित समय तालिका परिवर्तन गरेको हो ।

सीईओका उम्मेदवारलाई प्रस्तुती र अन्तर्वाता गर्ने समय तालिका परिवर्तन गरिएको नेपाल पूनर्बीमा कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले बताए । भण्डारीले पहिला निर्धारित समय तालिकालाई मंसिर ३० गतेका तय गरिएको बताए । यस अघि मंसिर १२ र १३ गते उम्मेदवारहरूले प्रस्तुती गर्ने समय तालिका तय भएको थियो ।

सीईओ प्रतिस्पर्धाको दौडमा कम्पनीमा ४ जनाको उम्मेदवारी परेको छ । प्रतिस्पर्धीहरू कम्पनीले गठन गरेको सीईओ सिफारिस उपसमिति समक्ष आफ्नो कार्य योजना प्रस्तुती गर्नुपर्नेछ । पुनर्बीमा कम्पनीको सीईओका लागि निवर्तमान सीईओ चिरायु भण्डारीसहित अशोक कुमार पौडेल, शेषरमण आचार्य र शंकर कुमार रायमाझीले आवेदन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.