नेपालमै बन्दैछ सस्ताे इलेक्ट्रिक स्कुटर, ७ पैसाको बिजुलीले १ किलोमिटर यात्रा

  २०७६ मंसिर २२ गते १४:४१     राजाराम न्यौपाने

काठमाडौं । न पेट्रोल हाल्नुपर्ने चिन्ता न महङ्गो मूल्य । बजारमा यस्तो सवारी साधन आएको छ, जुन १० रुपैयाँ मूल्य बराबरको बिजुलीले चार्ज गरेर ७० किलोमिटर गुडाउन सकिन्छ । सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर यो सत्य हो । नेपाली बजारमा यस्तो विद्युतीय स्कुटर बजारमा आइसकेको छ ।

वाहन अटो इन्टरप्राइजेजले नेपालमा नै उत्पादन भइरहेको ईएम ३१५ नामक विद्युतीय स्कुटरले प्रति किलोमिटर ७ पैसाको मात्रै विद्युतीय ऊर्जा खपत गर्छ । अर्थात ७ पैसा बराबरको विद्युतले चार्ज गर्दा एक किलोमिटर माइलेज दिन्छ ।

वाहन अटो इन्टरप्राइजेज कम्पनीले एसेम्बल गरेको ईएम ३१५ स्कुटर १० रुपैयाँ बराबरको विद्युत चार्ज गरेर ७० किलोमिटरसम्म गुडाउन सकिने सञ्चालक बलराम प्रजापतीले जानकारी दिए । मूल्यमा र मर्मत खर्च अरुको तुलनामा न्यून रहेको कम्पनीले जानकारी दिएको छ । पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटरको न्यूनतम मूल्य १ लाख ५० हजार रुपैयाँ पर्छ । तर, वाहन अटो इन्टरप्राइजे उत्पादन गरेको विद्युतीय स्कुटरको मूल्य जम्मा ८५ हजार रुपैयाँ छ ।

कम्पनीले बजारमा ल्याएको विद्युतीय स्कुटरको ब्याट्री चार्ज गर्न ४ घन्टा देखि ६ घन्टासम्म लाग्छ, ७० किलोमिटर गुड्छ । ईएम३१५ स्कुटरमा २० एम्पीए र ७२ भोल्टेजको ब्याट्री प्रयोग भएको छ । रातो, कालो, निलो र पहेँलो रङका स्कुटर बिक्री भैसकेको कम्पनीको जानकारी दिएको छ । पेट्रोलबाट चल्ने बाइक वा स्कुटरमा ५० किलोमिटर चलाउँदा १ लिटर पेटोल प्रयोग हुन्छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ छ । ७० किलोमिटर गुड्दा पेट्रोलबाट चल्ने बाइक वा स्कुटरले झण्डै १६० रुपैयाँको इन्धन खपत गर्छ । तर, विद्युतीय स्कुटर ईएम ३१५ नामक विद्युतीय स्कुलरले १० रुपैयाँमा त्यत्ति नै माइलेज दिन्छ ।

वाहन अटो इन्टरप्राइजेजका सञ्चालक बलराम प्रजापतीले भने भिजिट नेपाल २०२० लाई लक्षित गरि १ लाख मूल्यको स्कुटर ८५ हजारमा नै बिक्री गरेको बताए । विश्व बजारमा नै विद्युतीय सवारी धासनको माग बढिरहेको छ । त्यसको असर नेपालमा पनि परेकोले नेपालमा नै विद्युतीय स्कुटर उत्पादन सुरु गरेको बताए । उनले भने हामीले सातदाेबोटोमा एसेम्बल गरिरहेका छौँ । चीनबाट स्कुटरको सामान ल्याएर एसेम्बल गरेर बजारमा ल्याएको कारणले पनि अन्य विद्युतीय स्कुटरभन्दा ईएम सस्तो मूल्यमा उपलब्ध भएको बताए ।

विश्वमै इलेक्ट्रिक सवारीको माग 

विश्व बजारमा नै इलेक्ट्रोनिक सवारी साधनहरुको माग बढिरहेको छ । भारतले सन् २०३० सम्म पेट्रोलबाट चल्ने सवारी साधनहरुको विकल्पका रुपमा इलेक्ट्रिक सवारी साधनमा जोड दिएकाले यसको माग बढेको उनको भनाइ छ । इएम ३१५ ब्याट्री, मोटर कन्ट्रोलरमा १ वर्षसम्मका लागि कम्पनीले वारेन्टी दिएर बिक्री गरिरहेको छ ।

विद्युतीय सवारीलाई भन्सार सस्तो

डिजेल र पेट्रोलबाट सञ्चालन हुने बाइक र स्कुटर भन्दा विद्युतीय बाइक र स्कुटरमा भन्सार धैरै नै सस्तो छ । विद्युतीय सवारी साधनमा २५ प्रतिशत मात्रै सरकारले कर उठाउने गरेकाले अन्यको भन्दा सस्तो छ । सन् २०२० सम्म उपत्यकामा सञ्चालन हुने कुल सवारी मध्ये २५ प्रतिशत विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने सरकारले घोषणा गरेको थियाे । तर, अहिले केहीमात्रमा यस्ता सवारी साधन सञ्चालन हुन भने थालेका छन् ।

वायु प्रदूषण बढ्दै गएपछि राष्ट्रिय योजना आयोगले विद्युतीय सवारी साधन, आवश्यक उपकरण, व्याट्री तथा पार्टपूर्जामा लाग्दै आएको भन्सार  महशुललाई शून्य प्रतिशतमा झार्न र पेट्रोल, डिजलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न वैधता प्रदान गर्ने लगायतका सुझाव दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.