नेपाललाई दक्षिण एशियाकै व्यवसायिक हवको रूपमा विकास गर्ने, सहयोग गर्न चीनलाई आग्रह

  २०७६ मंसिर २२ गते १३:०५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाललाई चीन तथा समग्र दक्षिण एशियाकै व्यवसायिक हवको रुपमा विकास गर्ने बताएकी छिन् । उनले शिल्करोड चेम्वर इन्टरनेशनल कमर्सको आयोजनामा हिजोदेखि चीनको सियानमा चलिरहेको शिल्क रोड व्यवसायिक सम्मेलनलाई संवोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

उक्त विकासको लागि अध्यक्ष राणाले चीनलाई सहयोग गर्न आग्रह गरेकी छिन् । उक्त अन्तराष्ट्रिय सम्मेलनमा प्रोजेक्टस् एण्ड दी सस्टेनेवल डिभलपमेन्ट अफ बेल्ट एण्ड रोड इनिशिएटिभ विषयक विशेष शत्रलाई अध्यक्ष राणाले नेपाली निजी क्षेत्रको तर्फबाट संवोधन गरेकी हुन् ।

आर्थिक रुपमा सशक्त भारत तथा चीनको बीचमा अवस्थित नेपालका अगाडी थुप्रै सम्भावना रहेको बताउँदै अध्यक्ष राणाले बीआरआई मार्फत नेपाललाई चीन तथा समग्र दक्षिण एशियाकै व्यवसायिक हवको रूपमा विकास गर्न सकिने स्पष्ट पारेकी छिन् । यद्यपी नेपाल भुपरिवेष्ठित मुलुक भएपनि रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको कारण आर्थिक रूपमा बलिया दुई शक्तिशाली छिमेकीहरूसंग आफूलाई भूजडित मुलुकको रूपमा विकास गर्दै चीन तथा समग्र दक्षिण एशियाबाट नेपालले फाइदा उठाउन सक्ने उनको दावी रहेको छ ।

दक्षिण एशियामा लगानी आकर्षणमा ठूलो सम्भाव्यता रहेको उल्लेख गर्दै अध्यक्ष राणाले वीआरआई मुलुकहरूले नेपालको समृद्ध कला, संस्कृति पर्यटनका साथै नेपालको करिव ३ करोडको बजार तथा चीन तथा भारतमा रहेको करिव ३ अर्व जनसंख्याको बजारबाट निकै ठूलो लाभ हासिल गर्न सक्ने सम्भाव्यता औल्याएकी छिन् । भौगोलिक विकटता तथा अन्तराष्ट्रिय बजारसम्मको सहज पहुंचको अभाव भोग्दै आएको नेपालका लागि बीआरआईले बाह्य बजार र अर्थतन्त्रसंग जोडिने सम्भावनाको ढोका खोलिदिएको पनि अध्यक्ष राणाले जानकारी दिईन ।

चीनले अगाडी सारेको वेल्ट एण्ड रोड इनिशिएटिभ(बीआरआई)मा सामेल करिब ५ दर्जनभन्दा बढी देशका सरकारी तथा व्यवसायिक नेताहरूको प्रत्यक्ष सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.