नेपाल इन्स्योरेन्सद्वारा लघु बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  २०७६ मंसिर २२ गते १२:२२     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लघु बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रम कन्चनपुरको महेन्द्रनगर स्थित होटल ओपेरामा भएको हो ।

कार्यक्रममा कन्चनपुर जिल्लाका सम्पूर्ण लघुवित्त संस्था, सहकारी संस्था विभिन्न बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, बीमा कम्पनीका प्रतिनिधिहरु, प्रहरी प्रशासन लगायत स्थानिय समाजसेवीहरुको उपस्थित रहेको थियो ।

नेपालको पिछडिएको क्षेत्र तथा न्यून आय भएको वर्ग सम्म लघु बीमाको पहुच विस्तार गरी न्यून आय भइ, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिमग्रस्त वर्गका ब्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरुको जीवन तथा सम्पत्तिको सम्भावित जोखिमबाट सुरक्षा प्रदान गरी गरिबी घटाउने र लघु बीमा बारे जन चेतना जगाउने मुख्य उद्देश्यका साथ यस कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा कार्यक्रमका सभापति एवम् नेपाल बीमक संघका कृष्ण न्यौपानले कार्यक्रमका उद्देश्यहरुका बारेमा जानकारी गराए भने नेपाल ईन्स्योरेन्सका चन्द्रनाथ उप्रेतीले लघु बीमाको परिचय, उद्देश्य,महत्व, प्रभावकारीता लघु बीमा प्रकार , जोखिम वहन, बीमालेख जारी लगायत दावी भुक्तानी प्रक्रियाहरुका सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.