‘आठौं प्रभु पे म्युजिक खबरद्वारा विभिन्न विधाका उत्कृष्ट स्रष्टा सम्मानित

  २०७६ मंसिर २० गते १८:५३     विकासन्युज

काठमाडौं । ‘आठौं प्रभु पे तथा म्युजिक खबर’को सहकार्यमा लोक तथा सुगम संगीतका विभिन्न विधाका व्यक्तित्वलाई सम्मान गरिएको छ ।  शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको ‘आठौं प्रभु पे म्युजिक खबर’ म्युजिक अवार्ड उत्कृष्ट लोकमा जननी जन्मभूमि भन्ने गीतकार रमेश दाहाल पुरस्कृत भएका छन् ।

म्युजिक भिडियो सम्पादन तर्फ त्यो रात विर्सन्न भन्ने गीतको सम्पादक विष्णु शर्माले गरेका थिए । त्यस्तै लोकगीत तर्फ उत्कृष्ट गायिकामा सुस्मिता घर्तिलाई सम्मान गरिएको छ । उत्कृट छायांकार तथा निर्देशकमा त्यो रात गीतको तर्फबाट राजेश घिमिरे सम्मान भएका भएका छन्।

पछिल्लो समय सर्वाेत्कृष्ट नवप्रतिभामा देवनारायण मगर सम्मानित भएका छन् । उक्त सम्मान कार्यक्रममा चलचित्र विकास बोर्डका प्रमुख केशवराज भट्टराईको उपस्थितिमा अन्य पुराना कालकारको बाक्लो उपस्थिति रहेको थियो ।

प्रभु पेको आयोजनामा आठ वर्षदेखि हुँदै आएको यस कार्यक्रममा सुगम संगीतको तर्फबाट मानबहादुर बराल र धनले होइन मनले भन्ने गीतका संगीत ध्वनीबाट किशोर थापा सम्मान भएका छन् । उत्कृष्ट मोडलमा अञ्जली अधिकारी र त्यस्तै उदयराज पौडेल संगीत संयोजनमा सम्मान भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.