युनाईटेड फाईनान्सले एकैसाथ सञ्चालनमा ल्यायो ७ नयाँ शाखा, संख्या बढेर २२ पुग्यो

  २०७६ मंसिर २० गते १६:५२     विकासन्युज

काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले एकैसाथ ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले शुक्रबार मात्रै भैरहवा, हेटौडा, नीजगढ, बर्दिवास, जनकपुर, ईटहरी र धरानमा गरी ७ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको हो ।

जसमध्ये भैरहवा शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले गरेका छन् । अन्य शाखाहरुको उद्घाटन नगरपालिकाका मेयर, उद्योग वाणिज्य संघका पदाधिकारी तथा संस्थाका संचालकहरुबाट सम्पन्न भएको संस्थाले जनाएको छ ।

यसका साथै फाइनान्सको शाखा संख्या हालसम्म २२ वटा पुगेको छ । त्यस्तै, पुँजी तथा शाखा संजालका हिसावले यस संस्था सबैभन्दा ठुलो फाइनान्स कम्पनी बन्न पुगेको विज्ञप्तिमा उल्लेख छ । सेवा संचालनको २५औं बर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ ।

फाइनान्सले २०७६ असोज मसान्तसम्म करीब ६ अर्ब ७० करोड रुपैयाँ निक्षेप तथा ६ अर्ब १४ करोड रुपैयाँ कर्जा परीचालन गरेको छ । संस्था गत आर्थिक बर्षको मुनाफाबाट ३ प्रतिशत बोनस शेयर तथा ७.५६ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.