गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको १६औं शाखा रुपन्देहीको खैरेनीमा, ५ नम्बर प्रदेशमा मात्रै ३ वटा सञ्चालनमा

  २०७६ मंसिर २० गते १२:४३     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले आफ्नो १६औं शाखा रुपन्देहीको खैरेनीमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन सोही जिल्लाको देव दह नगरपालिका मेयर हिराबहादुर खत्रीले गरेका हुन् ।

खत्रीले यस संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको उपस्थितिमा उक्त शाखाको उद्घाटन गरेका हुन् । यससँगै प्रदेश नम्बर ५ मा मात्रै संस्थाको ३ वटा शाखा कार्यालयहरु संचालनमा आएको संस्थाले जनाएको छ ।

ललितपुरको हरिहर भवनमा प्रधान कार्यालय रहेको यस संस्थाले हाल प्रदेश नम्बर एकमा २ वटा शाखा कार्यालयहरु, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, प्रदेश नम्बर तीनमा ६ वटा र अब प्रदेश नम्बर पाँचमा ३ वटा शाखा कार्यालयहरुबाट सेवा सुविधा दिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.