सनफ्लोकाे याेजनाअन्तर्गत चार जनाले पाए हिराको उपहार

  २०७६ मंसिर २० गते ११:५४     विकासन्युज

काठमाडौं । स्वस्तिक आयल इन्डष्ट्रिजकाे उत्पादन सनफ्लो सनफ्लावर तेलमा हिराको हार जित्ने अफरको दोस्रो लक्की ड्र कार्यक्रमका विजेताहरुलाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको छ ।

“सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजनाको दोस्रो लक्की ड्र विजेताहरुको नाम मंसिर ११ गते इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी विजेताहरुको नाम घोषणा गरिएको थियो ।

नेपालगञ्ज त्रिभुवन चोक निवासी पूजा कुमारी बैशले आकर्षक हिराको हार र जनकपुर रमानन्द चोक निवासी राम विनोद रायलाई हिराको लकेट हस्तान्तरण गरिएको छ । त्यसैगरी काठमाडौं निवासी हरि प्रसाद पराजुली र मोरङ पथरी निवासी दुर्गा माया पोखरेललाई हिराको टप हस्तान्तरण गरिएको छ ।

यो योजना २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु रहने कम्पनीले जनाएको छ । यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ ।

लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.