दुर्घटनामा परेका दजर्नाैं यात्रु उद्दार गर्ने सोनाम तामाङलाई महालक्ष्मी विकास बैंककाे सम्मान

  २०७६ मंसिर १९ गते १५:४०     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको खाडीचौर शाखाले सोनाम तामाङ (र्याफटिङ गाइड) लाई पन्ध्र हजार रुपैया सहित सम्मान गरेको छ । सोनामले अरनिको राजमार्ग, सुकुटेमा बस दुर्घटना हुँदा दर्जनाैं यात्रीको उद्दार गरेका थिए । उनको साहसिक कार्यको कदरस्वरुप बैंकले सो रकमसहित सम्मान गरेको हो ।

कात्तिक १७ गते मागा देउराली देखि काठमाण्डौंका लागि छुटेको बस सुकुटे बिचमा दुर्घटना भएको थियो । उनको उक्त प्रेरणादायी कार्यको सम्मान गर्दा युवाहरुमा समाज सेवाका लागि थप हौसला मिल्ने छ भन्ने हेतुले बैंकले तामाङलाई सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.