आईएमई लाइफ इन्स्योरेन्सको एजीएम सम्पन्न, बीमाको पहुँच जनमानसमा पुर्याउने प्रतिबद्धता

  २०७६ मंसिर १९ गते १२:५५     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा(एजीएम) सम्पन्न भएको छ । उक्त सभा सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा बुधबार काठमाडौंको चन्द्रागिरी हिल्स लिमिटेडमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । साथै, उक्त सभाले आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको नियुक्ति गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

सभामा बोल्दै अध्यक्ष डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतना र बीमाको पहुँच न्यून भन्दा न्यून आय स्रोत भएका जनमानसमा समेत पुर्याउन कम्पनी कटिबद्ध रहेको प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.