नेपाल पर्यटन बोर्डका सीईओको कार्यकाल सकिँदै, नयाँ सीईओका लागि आवेदन खुल्ला

  २०७६ मंसिर १८ गते १५:५८     विकासन्युज

काठमाडाैं । नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन खुलाएको छ । बोर्डले बुधबार एक सुचना जारी गर्दै सीईओको लागि आवेदन खुलाएको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको अवधि आगामी पुस ७ गते सकिँदैछ । उनको कार्यकाल सकिनुभन्दा २० दिन अघि बोर्डले सीईओका लागि आवेदन खुलाएको हो । बोर्डले सीईओ हुनका लागि नेपाली नागरिक, स्नातकोत्तर उत्तिर्ण, कम्तीमा १० वर्षको अनुभव, ३५ वर्ष पूरा भइ ६५ वर्ष ननाघेको, फौजदारी अभियोग नलागेको, विदेशमा पीआर नभएको हुनुपर्ने उल्लेख छ ।

इच्छुक व्यक्तिले नेपाल इन्भेष्टमेण्ट बैंकको नेपाल पर्यटन बोर्डको खाता नम्बर ००१०१०१००३०२१८ मा पाँच हजार रुपैयाँ जम्मा गरेर आवेदन गर्ने सक्नेछन् । इच्छुकले २१ दिनभित्र  बुझाइसक्नु पर्ने आवेदनमा उल्लेख गरेकाे छ ।   जाेशी वि.स २०७२ पुस  २ गते सीईओमा नियुक्त भएका थिए ।

जाेशी अन्तिम प्रतिस्पर्धामा जोशीसहित ज्ञानेश्वरप्रसाद महतो र ज्ञानेन्द्ररत्न तुलाधारसमेत चयन भएका थिए । तर, जोशी तुलाधर र महतोलाई पछि पारेर सीइओमा नियुक्त भएका थिए । उनले प्रतिस्पर्धामा ६९ दशमलव ५ अंक ल्याएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.