दिगो लाभांश, व्यवसायिक बजार, ग्राहकको सन्तुष्टि नै हाम्रो सफलताः सीईओ उपाध्याय

  २०७६ मंसिर १८ गते १०:२९     विकासन्युज

३० वर्षे बैकिङ करियर सकेर अवकास भएको अढाइ वर्ष मै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने व्यक्ति हुन अनिलकुमार उपाध्याय । २०४४ सालमा अधिकृतस्तरबाट बैकिङ करियर शुरु गरेका उपाध्याय अवकासपछि खुला प्रतिस्पर्धाबाट त्यहि बैकको सीईओ बने । बैंकमा उपमहाप्रवन्धक, डेपुटी सीईओ तथा निमित्त प्रमुख कार्यकारी अधिकृत समेतको कार्यभार सम्हालेका उनी कार्यकालको व्यवसायीक योजना र रणनीति सहित गत २०७५ पुस १० गते सीईओ बनेका हुन् ।

उनले बैकिङ करियर शुरु गर्दैको अवस्थाबाट यहाँसम्म आइपुग्दा बैंक आफैमा र बाहिरी परिवेश समेतमा परिवर्तन आएको पाएका छन् । ‘ग्रामीण क्षेत्रका किसानलाई विशुद्ध कर्जा उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको बैंक अहिले पूर्ण बैंक बनेकोे छ ।’ कृषि विकास बैंकले ४ वर्षको व्यवसायिक योजना बनाइसकेको छ ।अहिले अन्य बैंकमा जस्तै सबै सुविधा कृषि विकास बैंकमा पाउन सकिन्छ,’ उनी भन्छन् ‘किसानको क्षमता वृद्धि गरी प्रविधिलाई कृषिसँग जोडेर आमजनतासम्म पुर्याउने उद्देश्य सहित २०२४ सालमा कृषि विकास बैंक स्थापना होे, सरकारको वितरण प्रणालीको रुपमा ।’

त्यति बेला कृषि विकास बैंकको पहिचान ऋण दिने सरकारी संस्थाका रुपमा थियो । सरकार र दातृनिकायबाट ऋण लिएर ग्रामीण किसानलाई कर्जा उपलब्ध गराउने बैंकको काम थियो,’ उनले सरल जवाफ दिए । त्यसैले अहिले पनि कृषि विकास बैंकमा १ लाख ४५ हजार ऋणीमध्ये करोडभन्दा ठूला कर्जा २ सय वटामात्रै छन् । ५ लाखदेखि १५ लाखसम्मका ६० प्रतिशत ऋणी छन् ।

स्रोतको समेत सुनिश्चिता नभएकोले कर्जामात्रै दिएर पूर्ण बैंक बन्न सक्ने अवस्था थिएन । आर्थिक क्रियाकलाप एकातिर बैंक अर्कोतिर जस्तो देखियो । अवसरबाट बैंक बञ्चित हुँदै गयो ।देशको आर्थिक गतिविधिको सम्पूर्ण प्रणालीमा बैंक समावेश हुन नसकेको बैंक व्यवस्थापनले बुझ्यो ।

पछि विस्तारै स्थानीय स्तरमै निक्षेप संकलन गरी त्यहि नै कर्जा प्रवाह गर्न थालियो । ‘स्रोतलाई आत्मनिर्भर बनाउने अवधारणा अनुरुप हामीले निक्षेप संकलनको काम शुरु गरेका हौं,’ उपाध्यायले भने । त्यसपछि २०४१ सालमा बैकलाई परिमार्जन गरिएको हो । ग्रामीण क्षेत्रका किसानलाई सेवा दिन स्थापना भएको बैंकले पहिलो पटक रत्नपार्क शाखाबाट कम्प्युटर सिष्टमबाट सेवा शुभारम्भ गर्यो ।

त्यति गर्दा पनि राजनीतिक, आर्थिक र सामाजिक रुपमा बैंकको पोटफोलियो त्यति राम्रो थिएन । फेरि बैंकलाई पुनसंरचना गर्नेतर्फ लागियो, नेपाल सरकार र एशियाली विकास बैंकको सहयोगमा । अहिले बैंक सबै नियम कानुनको परिधिभित्र रहेर साधारण शेयर समेत निष्काशन गर्न सक्ने सफल बैंक भएको हो ।

अनिलकुमार उपाध्याय प्रमुख कार्यकारी अधिकृत(सीईओ), कृषि विकास बैंक

बैंक व्यवस्थापनको बलबुतोमा बैंकलाई स्थापित गराइयो । यो हाम्रा लागि ठूलो उपलब्धी हो । यसमा कर्मचारीको ठूलो देन छ । उहाँहरूकै मेहेनतले अहिलेको अवस्था बैंक पुगेको हो । अहिले बैंकमा ५ सय ४६ महिला सहित २ हजार एक सय ५७ कर्मचारीले सेवा गरिरहेका छन् ।

बैंक पनि सफलताको सिढी उक्लदै गयो । कृषि विकास बैंकमा बैंकलाई बन्द गराएर स्वार्थ लिने कर्मचारी नभएकै कारण यो सम्भव भएको हो । यसको पुरानो इतिहास हेर्ने हो भने बैंकको हरेक परिवर्तनमा कर्मचारीले साथ र सहयोग रहेको छ । यदि कर्मचारीले साथ नदिएको भए हामी यो अवस्था आउने थिएनौ ।

चुस्त व्यवस्थापन मेहनती कर्मचारी, नयाँ र समय सान्दर्भिक व्यवसायिक योजनाको समिश्रणबाट बैंक अहिले प्रतिस्पर्धी बैंकको रुपमा स्थापित भएको हो । शहरदेखि गाउँसम्म सबै सामु पुग्न सफल यो बैंक पेशागत कार्यमा अडिक छ । समग्र बैकिङ सुविधायुक्त सिष्टमबाट बैंकले कार्य सम्पादन गरिरहेको छ । २०६३ सालमा बैंक पुनसंरचनामा गएसँगै कृषिलाई नछाड्ने र अरु क्षेत्रका व्यवसायलाई सँगसँगै लैजाने उच्च मनोबलका साथ बैंकलाई अघि बढाइयो,’ उपाध्यायले भने ।

अहिले विश्व बजारमा चलेका टप सफ्टवेयर हाम्रो बैंकले प्रयोग गरिरहेको छ । फरक यति छ कि हामी शहरबाट शाखा सञ्चालन विस्तार नगरेर गाउँबाट गरिरहेका छौं । हिजो हामी गाउँमा मात्रै थियौ । करिब ५ सयको हाराहारीमा साना किसान आयोजना नै थिए । अहिले शहरमा पनि बैंकको कार्यक्षेत्र विस्तार भएको छ । अहिले हामी कुनै अवस्था पनि पछि छैनौ । पुँजी, रिटर्न अर्निङमा एक/दुई नम्बरमा हौंला । रिपेमेन्ट र कर्जामा पनि हामी अगाडि नै छौं । बैंकमा कर्मचारीको समस्या भएको भए बैंकले यो प्रगति गर्न सक्ने थिएन । समस्या आएपनि त्यसको सहजै समाधान भएको छ ।

यो बैंकमा ५१ प्रतिशत सरकारको शेयर छ भने ४९ प्रतिशत शेयरमा २ लाख ५७ हजार सर्वसाधारणले लगानी गरेका छन् । बैंकको शेयर पुँजी ९ अर्ब रहेको छ । सरकारी स्वामित्व बढी भएपनि बोर्डमा तीन जना सर्वसाधारणबाट सञ्चालक हुनुहुन्छ । तीन जना सञ्चालक सरकारबाट हुनुहुन्छ । एक जना स्वतन्त्र । हामी पुसभित्रै बैंक साधारणसभा गर्ने योजनामा छौं,’ उनले अगाडि भने ।

जोखिम वहन गर्न सक्ने अवस्थामा बैंक पुगेको छ । कतिपय बैंक सवल र कतिमा अबल । अहिले बैंकको खराव कर्जा तीन प्रतिशत छ । गाउँका मसिनो ऋण हँदा खराबकर्जा बढी देखिएको हो । तर, पनि ऋण जोखिममा छैन । हामी कहाँ हुने ऋण सिजनल हो । चाडपर्व सकिएपछि फेरि खराब कर्जाको अवस्था सुधार आउँछ ।

दुई/चारवटा मुद्दा परेका छन् । यसमा आत्तिनु पर्ने अवस्था छैन । कर्मचारीको कारण केही जोखिम देखिए पनि सिष्टममा कुनै खराबी नभएको उनी बताउँछन् । पहिलो र दोस्रो त्रैमासमा खराब कर्जा बढी भएपनि पछि घट्छ ।
गत आर्थिक अवस्थामा हामी नाफामा दोस्रो बैंक भयौ । अहिले पनि त्यहि लक्ष्यका साथ हाम्रो व्यवसाय विस्तार भएको छ । कर्जाको गुणस्तर हेर्नुपर्ने हुन्छ । सवल र व्यवस्थित कर्जा छ भने यसले राम्रो गर्छ । वित्तीय सूचंकाक राम्रो छ ।

बैंकसँग दुई प्रकारका शाखा छन् । नाफा गर्ने र सेवा दिने । गाउँका बैंक शाखामा सञ्चालन खर्च बढी छ । गाउँको विजनेश लशमा छ । त्यसैले गाउँमा हामीले सेवा दिइरहेका हुन्छौ भने शहरमा आयअर्जनको लागि व्यवसाय गछौं ।
बैंक स्थापनादेखि हामी हुम्ला, जुम्ला, जाजरकोट, मुग, कालिकोटलगायतका थियौ । अहिले पनि कालिकोटका तीन/चार वटा ब्रान्चमा हेलिकप्टरबाट सेफ पठाएर सेवा दिइरहेका छौं । त्यहाँ नाफा हुँदैन । हामी सेवा दिनको लागि स्थापना भएका हौं । कृषि क्षेत्रको विकास लागि यो बैंक स्थापना भएको हो ।

कृषिलाई नछाडी अन्य व्यवसायलाई सँगसँगै लैजाने हाम्रो रणनीति हो । हामी सेवा प्रदान गर्नको लागि पनि त्यतिकै लागनी गछौ । कृषक र कृषिका गतिविधि हामीबाट टाडा छैनन् । कृषिमा अहिले पनि एक तिहाइ लगानी छ । कृषिनै यो बैंकको प्राथमिकता हो । कृषि विकास बैंकका २ सय ७५ शाखामध्ये १ सय ६ शाखाले कृषिमा प्राथमिकताका साथ लगानी गरिरहेका छन् । साे शाखामा ८० प्रतिशत कृषि क्षेत्रको लगानी रहेको छ ।

यतिबेला उपाध्यायको काँधमा आफ्नो नेचर अनुसार ग्रामीण किसानलाई सेवा उपलब्ध गराउनुुका साथै अन्य प्रतिस्पर्धी बैंकसँगसँगै व्यवसाय गर्ने जिम्मेवारी छ । केही वर्षअघि बैंकलाई कृषि क्षेत्रलाई छाड्यो भन्ने आरोप लागेको थियो । बैंक अहिले त्यो चिर्न सफल भएका छ । कृषि क्षेत्रलाई नछुटाइ अन्य क्षेत्रमा लगानी बढाउँदै लैजादा शहरमुखी सञ्चारमाध्यमले त्यो देखेका मात्रै हुन् । हामीले कृषिलाई छाडेका होइनौं । समय सापेक्ष अन्य क्षेत्रमा पनि लगानी बढाएका हौं ।

अहिले हाम्रो उद्देश्य भनेको डिजिटलाइजेश हो । गाउँ गाउँमा यो सेवा पुर्याउने हाम्रो योजना छ । राष्ट्र बैंकले ल्याएको १ सय रुपैयाँमा खाता खोल्ने नीतिअनुसार ४३ हजारले शाखा खोलिसकेका छन् । त्यो खाताबाट पनि २८ करोड निक्षेप संकलन भएको छ । डिजिटलाइजेशनलाई देशभरि पुर्याउने कार्यलाई तीव्रता दिएको हो ।

हामीसँग बैकिङ बजारमा चलेका हरेक नयाँ प्रविधि र सुविधा छ । शेयरधनीलाई राम्रो लाभांश दिइरहेका छौं । शेयरधनीलाई अझ बढी प्रतिफल दिन बैंकले १०.३५ प्रतिशत डिबेञ्चर ल्याउनल लागेकाे छ।  हामीसँग वर्षौदेखि गाँसिएका कृषकको आशालाई अझ बलियोसँग कस्न हामीले आकर्षण डिबेञ्चरको अवसर ल्याएका हौं ।

नियामक निकाय राष्ट्र बैंकको निर्देशनलाई परिपालना गर्दै किसानसँग याे बैंककाे पुरानाे नातालाई अझ जीवन्त रहोस् भनेर अलि बढी ब्याज दिएर डिबेञ्चर ल्याउन लागेका हौं । स्रोत परिचालन पनि हुने किसानसँगको सम्बन्ध पनि गाँसिराख्न बैंकले यो प्रक्रिया अघि बढाएको हो ।

उत्पादनलाई सहयोग गर्ने अभियानमा कृषि विकास बैंक अघि बढेको छ । अहिले बैंकले नयाँ प्रडक्टको रुपमा होमस्टे (घरबास) कर्जालाई प्राथमिकतामा राखेकोे छ । यसमा २० लाखसम्म कर्जा लिन सक्ने व्यवस्था छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी यो प्रडक्ट ल्याएका हौं । सरल कृषि कर्जाको रुपमा यो कर्जा उपलब्ध गराउन लागिएको हो । यसले गति लिन्छ । यो आर्थिक वर्षमा यसले राम्रो रिजल्ट दिनेमा म विश्वस्त छु ।

सरकारी बैंकहरूको मर्जरको विषयमा उनले सहज उत्तर दिए ‘मर्जरको एउटा उद्देश्य हुन्छ, मर्जर के का लागि गर्ने । शाखा विस्तारको लागि कि, व्यवसाय विस्तारको लागि या पुँजीको लागि ? यी विषयमा बैंकले आफूलाई अब्बल राखेको छ । सुधार गर्नुपर्ने पक्षमा विस्तारै सुधार पनि बैंकले गर्ने नै छ ।

आफ्नो व्यवसायिक योजनालाई सफलतापूर्वक सम्पन्न गर्नु नै हाम्रो ठूलो सफलता हो । मैले मेरो रोडम्याप बनाएको छु । यहि रोडम्याप अनुसार कार्यसम्पादन भइरहेको छ । आगामी दिनमा बैंक औसतभन्दा माथि हुन्छ । त्यो भन्दा माथि पुर्याउन सके अझ राम्रो । प्रत्येक वर्ष कार्य प्रगतिको समीक्षा गर्दै बैंक अघि बढ्छ । कम कर्मचारीबाट बढी काम लिने र अन्ततः सञ्चालन खर्च घटाउने मूलभूत सिद्धान्तका साथ काम गरिरहेको छु । रोडम्याप अनुसार काम भइरहेको छ । औसत भन्दा तल आउँदैन । पेपर लेसको माध्यमबाट आमजनतालाई सेवा दिन लागेका छौं ।

हामीले हाम्रा शेयरधनीलाई विगतदेखि नै लाभांश दिँदै आएका छौं । गत वर्ष २१ प्रतिशत लाभांश दियौं । यो वर्ष बोर्डले पास गरेको छैन । र पनि निराशा हुने गरी आउँदैन । दुई लाख ४२ हजार शेयर होल्डर छन् । बैंकको रिजर्भ र रिटर्न अर्निङ सबै राम्रो छ । यसको अर्थ शेयर होल्डरलाई राम्रो प्रतिफल दिन सक्षम छ भन्ने हो । औसत प्रतिफलभन्दा माथि दिन्छौं । बैंकको योजना तथा कार्यशैलीले वृद्धि गरेर टिकाइ राख्न सक्ने अवस्थामा बैंक छ ।

‘पेशामा चुनौती भएन भने काम गर्न मज्जै आउँदैन,’ उनले भने ‘म हरेक चुनौतीलाई अवसरको रुपमा लिएर काम गर्न चाहन्छु । अहिले हाम्रो चुनौती भनेको मार्केटसँगको प्रतिस्पर्धा के हो, आन्तरिक प्रतिस्पर्धा त्यति ठूलो समस्या होइन । आत्तिनु पर्ने अवस्था छैन ।

व्यक्तिको कारणले लाहनको घट्ना घटेको हो । बैंकको सफ्टवेयर र सिष्टमको कारणले होइन । संस्थागत रुपमा बीमा पनि गरिएको छ । अदालतमा पनि मुद्दा दायरा भइसकेको छ । प्रहरीको सहयोगमा नियन्त्रण गर्न पनि सकियो । घट्ना आउँछन् । यस्ता घट्ना हुन नदिने हो,’ हाम्रो चाहना हो ।

हामी लक्ष्य अनुसार काम गरिरहेका छौं । कृषि कर्जामा अग्रणी भुमिका खेल्न सकेका छौं कि छैन भन्ने हो । सम्पूर्ण जनतालाई कृषि विकास बैंकले मात्र सेवा दिने होइन । पहिला कृषकलाई ऋण दिने एउटामात्र द्वार थियो । अहिले त्यस्तो छैन । बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सहकारी पनि छन् कर्जा दिन र निक्षेप संकलन गर्न । यति भनेर हामी पन्छिन खोजेका होइनौ, अझ धेरै गर्न वाँकी छ । सबैको घर आँगनमा पुुग्ने नारालाई सार्थक बनाउन हामीले हलोदेखि हाइड्रोसम्म नुनदेखि सुनसम्म लगानी गर्दै आएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.