गुराँस लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा बस्नेत नियुक्त

  २०७६ मंसिर १७ गते १५:२३     विकासन्युज

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले भेष बहादुर बस्नेतलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । संस्थाकाे सञ्चालक समितिले मंसिर १३ गते निजलाई  नियुक्त गरेकाे हाे ।  उनलाई   १५ गतेबाट लागु हुने गरी कम्पनी सचिवको समेत जिम्मेवारी दिएको छ ।

स्नातकोत्तर तह उत्तीर्ण गरी विगत २४ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत बस्नेतले २३ वर्ष स्वावलम्बन लघुवित्तमा विभिन्न तह सहित विभागीय प्रमुख सम्म र डिप्रोक्स लघुवित्तमा ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरेको लामो अनुभव संगालेका छन् ।

लघुवित्त क्षेत्रलाई नजिकबाट नियालेका बस्नेतले उक्त क्षेत्रको अध्ययन गरी सहायक स्तरबाट आफ्नो सेवा सुरु गरी विभिन्न पद र विभागमा कार्य गर्दे निरन्तर र अविचलित भई कर्ममा विश्वास गर्ने व्यक्तिका रुपमा आफुलाई स्थापित गर्दे आएको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.