स्वदेशी लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट २०% वोनश शेयर वितरण

  २०७६ मंसिर १७ गते ११:०५     विकासन्युज

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा लालमणी जोशीको अध्यक्षतामा ईटहरी, सुनसरीमा सम्पन्न भएको छ । उक्त साधारण सभाले संचालक समितिको वार्षिक प्रतिवेदन,सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गतवर्षसम्मको संचित मुनाफाबाट हाल कायम चुक्तापूँजीको १५% नगदलाभांश र २०% वोनश शेयर वितरण गर्ने,४ः१ को अनुपातमा हकप्रद जारी गर्ने र उक्तहकप्रद शेयर पश्चात संस्थाको चुक्तापुँजी बृद्धि गरी ३४ करोड ३५ करोड रुपैयाँ कायम गर्ने, चालु वर्षको लागिबाह्य लेखापरीक्षको नियुक्ती जस्ता प्रस्ताव सभा बाट पारित गरियो ।

सभामा २ जना सर्वसाधारण सेयर सदस्यहरुबाट केही जिज्ञासा राखीएको थियो र सो जिज्ञासाका बारेमा संस्थाकाअध्यक्ष लालमणी जोशीले प्रष्ट पारे सभाले संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्नुहुने ३ जना सञ्चालकहरु लालामणी जोशी, सदस्यहरु क्रमश, सुरेश कुमार अग्रवाल र निशान्त जोगाईलाई निर्विरोध निर्वाचित गरेको छ । उक्त सभालाई सम्बोधनगर्दै सभाकाअध्यक्ष लालमणी जोशीले नै कर्मचारीहरुनै भएको हुँदायहाँ सम्मआइपुग्न संस्थाकाकर्मचारीहरुको पनि महत्वपुर्ण योगदान रहेको भन्दै आगामी दिनमा समेत निरन्तरता दिन सुझाव सहित संस्थाको पाँचौं वार्षिकसभाले भएको हो ।

अध्ययन भईरहेको र चालु वर्षमा समेत यस कार्यलाई निरन्तरता दिने जानकारी गराए । सभाको उद्घाटन कार्यक्रम संस्थाका नायवकार्यकारी प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले कार्यक्रम संचालनगर्नु भएको थियो भने बन्द सत्रका संस्थाका प्रमुखकार्यकारी अधिकृत/कम्पनी सचिव गोविन्द चापागाईले सभाको समापन पछी बसेको संचालक समितिको बैठकले सर्वसम्मत रुपमा लालमणी जोशीलाई अध्यक्षमा चयन गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको ईजाजतपत्र प्राप्त संस्था २०७१ साल आश्विन २७ गते स्वीकृती प्राप्त गरी पौष १६ गतेबाट वित्तीय कारोबार सुभारम्भ गरेको यस वित्तीय संस्थाको हालआएर देशभर ४९ वटा जिल्लामा ८४ वटा शाखाकार्यालय मार्फत ७७ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । चालु आर्थिक वर्षमा संस्थाले थपशाखाहरु विस्तार गरि वित्तिय पहुँचन पुगेको तथाकंमा पुगेको क्षेत्रमा लघुवित्त सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.