टाटा मोटर्सकाे ग्लोबल सर्भिस क्याम्प मंसिर १९ गतेदेखि शुरू, नयाँ कमर्सियल गाडी सार्वजनिक हुने

  २०७६ मंसिर १६ गते १९:३८     विकासन्युज

काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङग प्रा.लि ले आगामी मंसिर १९ गतेदेखि ‘चौथौँ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९’ को आयोजना गर्दैछ । कम्पनीले ग्राहकलाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने कार्यलाई निरन्तरता दिनका लागि साेही दिनदेखि २१ मंसिरसम्म उक्त क्याम्पको आयोजना गर्न लागेकाे हाे ।

ग्राहकसम्म पुग्ने यो तीनदिने क्याम्प नेपालभर रहेका सिप्रदीका ५३ वटा सर्भिस वर्कशपहरूमा आयोजना हुँदैछ। यो सर्भिस क्याम्पमा टाटा मोटर्सका कमर्सियल गाडीहरूका ग्राहकहरूले निःशुल्क गाडीको अवस्थाको जाँच, विशेष योजनाका साथै अन्य सेवाहरू प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार तीन दिने सर्भिस क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्टहरू, म्याकलु ब्रिकेन्ट, एक्साइड ब्याट्रीमा आकर्षक डिस्काउन्टहरू सार्वजनिक गरिने छ। यी अफर र योजनाहरूका साथै ग्राहकहरूका लागि थप रिक्रिएस्नल कार्यक्रमहरूको व्यवस्था गरिएको छ। सिप्रदीले आफ्नो सामाजिक उत्तरदायित्वको हिस्साअन्तर्गत निःशुल्क स्वास्थ्य जाँच तथा निःशुल्क आँखाजाँचको पनि आयोजना गर्दैछ।

सोही क्याम्पमा टाटा मोटर्सका केही नयाँ कमर्सियल गाडीहरू पनि सार्वजनिक हुने कम्पनीले जनाएकाे छ । तीनदिने ग्लोबल सर्भिस क्याम्पमा उपलब्ध आकर्षक सेवाहरू यसप्रकार छन् ।
– निःशुल्क ४७पोइन्ट्स चेकअप
– निःशुल्क कम्प्युटर डाइगनोसिस
– निःशुल्कइलेक्ट्रिकल तथा ब्याट्री परीक्षण
– निःशुल्कएफआईपी परीक्षण
– निःशुल्क टायर परीक्षण
– निःशुल्क प्रदूषण जाँच
– निःशुल्कलन्च सुविधा
– गेम तथा मनोरञ्जनात्मक गतिविधिहरू
– दैनिकलक्की ड्र तथा मोबाइलफोन जित्ने मौका
– बम्पर लक्की ड्र
क्याम्पमा सहभागी हुन ९८०१२२३३०० मा मिस कलदिई आफ्नो गाडी दर्ता गर्न सकिने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.