कामना सेवा विकास बैंकको १०४औँ शाखा ललितपुरको सानागाउँमा

  २०७६ मंसिर १६ गते १९:१५     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकास्थित सानागाउँमा आफ्नो १०४औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन सोमबार महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राजकुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने जानकारी दिएको छ ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल १०४ वटा शाखा तथा ५३ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.