बुढीगण्डकी जलविद्युत् आयोजनाले प्रभाव पार्ने क्षेत्रकाे मुआब्जा निर्धारण

  २०७६ मंसिर १६ गते १८:५९     विकासन्युज

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेकाे बुढीगण्डकी जलविद्युत् आयोजनाको  प्रभावित क्षेत्रको मुआब्जा निर्धारण गरिएकाे छ । लामो समयदेखि निर्धारण हुन नसकेको आयोजनाको  प्रभावित क्षेत्रको मुआब्जा गोरखाले आइतबार र धादिङले साेमबार  निर्धारण गरेकाे हाे ।

जिल्ला प्रशासन कार्यालय गोरखा र धादिङले कूल २ हजार ८ सय रोपनी क्षेत्रको मुआब्जा निर्धारण गरेको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो आयोजनाको हालसम्म करिब २७ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ ।

चालु आर्थिक वर्षमा आयोजना प्रभावितका लागि मुआब्जा नै वितरणका लागि मात्रै १४ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । मुआब्जा वितरण गर्दै जाँदा अपुग भएको खण्डमा थप बजेट उपलब्ध गराउन कुनै समस्या नरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पष्ट पारिसकेको छ ।

स्थलगत निरिक्षण, स्थानीयबासीसँगको छलफल र यसअघि गठित उपसमितिले दिएको प्रतिवेदनको आधारमा बजार क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाका अनुसार जिल्लाको आरुघाट क्षेत्रको जग्गालाई ९ समूहमा र आर्खेत क्षेत्रको जग्गालाई २ समूहमा वर्गीकरण गरी मूल्य निर्धारण गरिएको आयोजना अन्तर्गतको वातावरण, मुआव्जा वितरण, पुनर्वास तथा पुर्नस्थापना इकाई संयोजक कृष्ण कार्कीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.