सरकारले कुखुरा पालक किसानको समस्यामा ध्यान नदिएको गुनासो

  २०७६ मंसिर १६ गते १७:३२     विकासन्युज

काठमाडौं । कुखुरा पालक किसानका समस्या र व्यवस्थापनको विषयमा सरकारले ध्यान नदिएको सरकारको गुनासो कुखुरा पालक किसान संघ बाराका अध्यक्ष गोविन्द पौडेलले बताए । सरकारले किसान, बजार व्यवस्थापनलाई केन्द्रीत गरि स्पष्ट निति नियम नबनाएको भन्दै धनी कसरी हुने भन्ने जस्तो सोच अधिक मात्रमा भएको मान्छेको जमातमा इन्मादारीता टिकाउन गाह्रो पर्ने अध्यक्ष पौडेलको भनाई छ ।

उनले भने ‘कुखुरा पालकहरुलाई सरकारले न त ऋण, अनुदान तथा सहुलियत ऋणको व्यवस्था छ ?, यस्ता विविध कारण उत्पादनमा ह्रास आएसँगै कुुखुरा पालक किसान मात्र नभई व्यवसायीमा नै समस्या पैँदा भएको छ ।’ केन्द्रमा बसेर मूल्य निर्धारण गर्दा किसानले मार बेहोर्नु परेको वाराका अध्यक्ष पौडेलले बताए ।

नेपाल कुखुरा पालक किसान संघ, केन्द्रीय समिति र बजार व्यवस्थापन संघ, केन्द्रीय समितिले गरेको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा गरेको थियो । सोमबार ललितपुरमा गरेको उक्त कार्यक्रममा बोल्दै कुखुरा पालक किसान संघ केन्द्रीय समितिका अध्यक्ष झनक पौडेलले पछिल्लो समय व्यवसायको रुपमा बिकास र विस्तार हुँदै आएको पोल्ट्री व्यवसाय, व्यवसायिकरण एवम आधुनिकीकरण हुँदै गैरहेको अवस्थामा ब्रोइलर कुखुराले मात्र करिव २ लाख ५० हजार व्यक्तिलाई प्रत्यक्ष रुपमा रोजगारको सिर्जना गरेका बताए ।

हाल ६६ जिल्लामा व्यवसाय विस्तार भएको दैनिक १२ लाख के.जी मासु उत्पादन गर्दै उपभोक्ता एवंम बजारको माग पुरा गर्दै आएको अध्यक्ष पौडेलले जानकारी दिए । त्यस्तै कुखुरा पालक किसान संघ गोरखाका अध्यक्ष पशुराम वस्नेतले हालको मुख्य समस्याको जरो भनेको राज्य हो, राज्यको स्पष्ट निति नियम नभएको कारणले व्यवसायमा दरार उत्पन्न भएको छ , बिचौलियाको नियन्त्रणमा बजार चल्दै गर्दा खास व्यवसायी र किसान मारमा पर्ने गरेको बताए । त्यस्तै नेपाल ब्राेइलर कुखुरा संघका प्रमुख दिपेन्द्र श्रेष्ठले दैनिक बजारमा ५५ देखि ६० वटा खपत हुने र तयारी मासु प्रतिकेजी २०१० देखि २१५ सम्म हुने गरेकाे बताए । गुणास्तर तथा मूल्य हेरेर उत्पादन गर्दा वितरणमा समस्या नहुने  प्रमुख श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.