५० प्रतिशत क्षमता बढाएर दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै उदयपुर सिमेन्ट

  २०७६ मंसिर १६ गते १४:२८     राजाराम न्यौपाने

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट इन्डष्ट्रिजले ५० प्रतिशत उत्पादन वृद्धि गर्ने भएकाे छ । उद्योगले २ करोड लगानी थपेर  क्षमता बढाउन लागेकाे हाे । उत्त सिमेन्ट उद्योगलाई आधुनिकीकरण र प्रविधियुक्त गराइ क्षमतामा वृद्धि गर्न लागिएकाे हाे ।  यसका लागि उद्योगले सरकारबाट स्वीकृत पाएको छ। उद्योगले क्षमता अभिवृद्धिको लागि साँढे ५ करोड माग गरेको थियो तर उद्योग मन्त्रालयले हालका लागि करिब २ करोड मात्रै स्वीकृत दिएको छ ।

उद्योगले प्रतिदिन ८ हजार ४० मेट्रिक टन (प्रतिदिन झण्डै ४० हजार बोरा) सिमेन्ट उत्पादन गर्दै आएको थियो ।  उद्योगको क्षमता विस्तार भएपछि प्रतिदिन १२ हजार मेट्रिक टन उत्पादन गर्न सकिने छ ।

उद्योगको क्षमता अभिवृद्धि गर्न हाल भएको मेशिन मर्मत गर्नुका साथै क्षमता समेत विस्तार गर्न लागिएको हो । यहि अवसरमा उद्योगको जीर्णोद्धार पनि हुनेछ । मेशिन पुरानो भएकोले उत्पादन क्षमता कमी आएकाे छ । त्यसको स्तरोन्नति गरी क्षमता तथा उत्पादनमा विस्तार र विकास गर्न लागेको उदयपुर सिमेन्ट उद्योगका सूचना अधिकारी राम जिसीले जानकारी दिए ।

उनले भने निजी क्षेत्रको सिमेन्ट उद्योगहरुको उत्पादन खर्च कम भएको र सरकारी स्वामित्वमा सञ्चालित सिमेन्ट उद्योगहरुको उत्पादन खर्च बढि भएकाले पनि बजारमा सरकारी स्वामित्वमा सिमेन्टप्रति उपभोक्ताको चासो कम भएको बताए । हामीले पनि सिमेन्ट उत्पादनमा वृद्धि र उपभोक्ता माझ लोकप्रिय बनाउन करिब २ करोड लगानी थप्न उद्योग मन्त्रालय सहमत भएको छ ।

सिमेन्ट उद्योगका उत्पादन प्रमुख सञ्जयलाल कर्णले भने हामीले ५ करोडमो माग गरेका थियौँ, तर मन्त्रालयले करिब २ करोड मात्रै स्विकृत दियो । अब क्षमता अभिवृद्धि र मेशिन मर्मत काम सुरु हुने बताए । उनले भने १ वर्ष भित्र क्षमता वृद्धि र मेशिन मर्मतको काम सकिने र उद्योगले निरन्तर सिमेन्ट भने उत्पादन गरिरहने बताए ।

कस्तो छ सिमेन्ट उद्योगको अवस्था ?

आफ्ना उत्पादनको बजार बिस्तार र प्रवद्र्धनका लागि उदयपुर सिमेन्ट उद्योगले उत्पादनको समयलाई ध्यानमा राखी सिमेन्ट प्रयोगकर्ताहरुलाई क्यास ब्याकको पनि व्यवस्था केहि महिना अगाडी देखि गरेको थियो । सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले आफ्ना ग्राहकलाई बजार मूल्यमा प्रति बोरा २५ रुपैयाँ क्यास ब्याक दिने घोषणा गरेको छ। सिमेन्टको मूल्य ८ सय २५ रुपयाँ कम्पनीले तोकेको छ ।

गत जेठमा ढुंगा पेल्ने मेशिन विग्रिएपछि उदयपुर सिमेन्ट करीब डेढ महिना बन्द भयाे । उद्योग बन्द हुँदा करोडौंको नोक्सान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.