मोटरहेड बाइकको आठौं शोरुम दाङको तुलसीपुरमा

  २०७६ मंसिर १५ गते २०:३०     विकासन्युज

काठमाडाैं । मोटरहेड मोटरसाइकलले आफ्नो आठौं शोरुम दाङको तुलसीपुरमा खोलेको छ । मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले तुलसीपुरमा डाइनामिक अटोमोवाइल्स मार्फत् आफ्ना मोटरसाइकलहरु बिक्री वितरण गर्ने भएको छ ।

मोटरहेडले २२३ सीसीको टेक्कन २५०, २२३ सीसीकै स्पोर्ट २५०, २२३ सीसीकै स्क्र्याम्ब्लर २५०, १९९ सीसीको एम एच २००, १४९ सीसीको एम एच १५० र त्यसैगरी २२३ सीसीको एक्सटर्क गरी ६ ओटा मोडलका बाइकहरु नेपाली बजारमा बिक्री गर्दै आइरहेको छ । यी बाइकहरुमध्ये एम एच १५० मा ५ गियर रहेको छ भने बाँकी सबैमा ६ गियर रहेको छ ।

अमेरिकन कम्पनी मोटरहेडले उत्पादन गरेको यी बाइकहरुलाई चाइनिज कम्पनी फ्यूगो पावर्सले एसेम्वल गरेको हो । मोटरहेडका सम्पूर्ण मोडलहरुमा एल्युमिनियम मिसाइएको मेटल बढी भएको हुनाले खिया लाग्ने समस्या हुँदैन । त्यसैगरी यी मोडलहरु अफरोड बाइक हुन् तरपनि यिनीहरुको टायर पिच सडकलाई पनि हुने गरी तयार पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.