एनएमबि बैंक साफामा कर्पोरेट गभर्नान्स सहित २ अवार्डबाट पुरस्कृत

  २०७६ मंसिर १५ गते २०:०४     विकासन्युज

काठमाडौं । एनएमबि बैंक ‘सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नान्स २०१८’ बाट पुरस्कृत भएको छ । बैंकले बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रममा उक्त पुस्कार पाएको हो ।

उक्त पुरस्कारले उच्च तहको कर्पोरेट गभर्नेन्स् तथा पारदर्शिताको लागि बैंकको बचनबद्धतालाई प्रदर्शन गरेको छ । साथै, एनएमबि बैंक साउथ एसियन फेडेरेशन अफ अकाउन्टस् (साफा) वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड “सर्टिफिकेट अफ मेरीट” बाट पनि पुरस्कृत भएको छ ।

बैंकलाई उक्त पुस्कार बंगलादेशको राजधानी ढाकामा आयोजित एक कार्यक्रम प्रदान गरिएको हो । साफाज् कमिटि फर इम्प्रुभमेन्ट इन ट्रान्स्प्यामरेन्सी, अकाउन्टे विलिटी एण्ड गभर्नान्सले विभिन्न विधामा प्रदान गरिने यी अवार्डहरु दक्षिण एसियाली राष्ट्रहरुद्धारा प्रकाशित वार्षिक प्रतिवेदनको मुल्यांकनको आधारमा प्रदान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.