सुन्दर यातायातले ६ महिनापछि विद्युतीय सवारीको एसेम्बल गर्ने, प्लान्ट निर्माण कार्य तीव्र

  २०७६ मंसिर १५ गते १२:४५     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको एसेम्बल प्लान्ट स्थापना गर्नका लागि आजबाट रुपन्देहीमा प्लान्ट स्थापना गर्ने काम शुरु  गरेकाे छ । नेपालको सुन्दर अटो इन्जिनियरिङग् र चीनको सेचुवाँ गोहङ अटोमोबाइल्स् कम्पनीको सहकार्यमा नेपालमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने लागिएकाे हो । यसमा नेपालको २० प्रतिशत र चीनको ८० प्रतिशत लगानी रहने छ ।

विद्युतीय सवारी सञ्चालनमा चासो बढ्दै गएपछि चीनको सेचुवाँ गोहङ अटोमोबाइल्स् कम्पनीले प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो । मङ्सिर १० गते काठमाडौं आएको थियो । नेपाल र चीनका टोलीले अध्ययन गरी प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्डलगायत निकायसँग छलफल गरी सहमति जुटाएर काम अगाडि बढाएको हो ।

नेपालका लागि आधिकारीक वितरक तथा सञ्चालक सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले प्लान्टका लागि ५ नम्वर प्रदेश सरकारको उपस्थितिमा प्लान्ट निर्माण उद्घाटन हुने बताए । उनले भने ६ महिना भित्र नेपालमा नै दुई पाङग्रे  बाहेक अरु सबै किसिमको सवारीसाधनहरु नेपालमा नै एसेम्बल हुने बताए । बिजुलीको पहुँच पुगेको स्थान तराईमा प्लाट स्थापना गर्न लागिएकाे हाे ।

बुटवल औद्योगिक क्षेत्रमा नै प्लान्ट स्थानमा गरी विद्युतीय सवारीधानहरु एसेम्बल हुनेछ । बुटवल औद्योगिक क्षेत्रमा १६ बिगाहमा प्लान्ट स्थापना हुन लागेको हो ।

पछिल्लो समय विश्वभर नै विद्युतीय सवारीसाधनको प्रयोग र माग बढिरहेका बेला नेपालमा पहिलोपटक प्लान्ट स्थापनाको पहल भएको हो । उक्त कम्पनीले पार्टपुर्जा आयात गरी नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्नेछ । नेपालका विभिन्न सहरहरुमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको सुन्दर यातायात प्रालिले विद्युतीय बसहरू चीनको सेचुवाँ गोहङ अटोमोबाइल्स् कम्पनीबाट नेपाल भित्रने क्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.