गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘हे माया’ सार्वजनिक

  २०७६ मंसिर १५ गते १०:५९     विकासन्युज

काठमाडौ । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘हे माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनिल गिरीको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियोलाई छायांकन तथा निर्देशन संजित के. घिसिङले गरेका छन् । सागर मगरले कोरियोग्राफी गरेको भिडियोमा सागर, अभिलाषा तथा द युनिभर्स क्रिउको अभिनय तथा नृत्य रहेको छ । डिन्सन शाहको सम्पादन रहेको भिडियोलाइ उल्सन श्रेष्ठले निर्माण गरेका हुन् ।

विगत लामो समय देखि गीत संगीतमा निरन्तर रुपमा प्रबासमा बसेर अगाडि बढिरहेका युरोप निवासी युरोपका स्थापित गायक हुन् तुलसी सिवाकोटी । प्रायः युरोपको हरेक देशमा आफ्नो प्रस्तुति दिइसकेका उनले युरोप मात्र नभएर युरोप बाहिर रहेको विभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिइसकेका छन ।

प्रवासको बसाइ आफ्नो काम परिवार र संगीत एकै साथ अगाडि बढाउनु धेरै चुनौतीको कुरा हो । तर पनि प्रवासमा बसेर आफ्नो कला संस्कृतिको जगेर्ना र गीत संगीत छेत्रमा उनले योगदान दिइरहेका छन् ।

दुइ दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका गायकले ‘तिम्रो मेरो प्रेम कहानीु ‘ ‘म त मान्छे सिधा साधाु ‘ ‘ प्यारी छोरी न बचाउन सके’ जस्ता गीत लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिइसकेका गायकले प्रायः देश तथा विदेशमा गरिने कार्यक्रमकाे प्रस्तुति निकै दमदार रहने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.