नाकाबन्दी हुने त्रास देखाएर ग्यास डिपाेहरू उपभाेक्ता ठक्दै, सरकार भन्छ-‘अभाव होइन, हल्ला मात्रै हो’

  २०७६ मंसिर १५ गते ११:११     विकासन्युज

काठमाडाैं । जाडोमा ग्यासको माग बढ्ने पुरानै ट्रेन हो । हरेक वर्ष जाडोमा अन्य समयको भन्दा ग्यासको माग २० प्रतिशतले बढ्ने गर्छ । बजारमा माग बढी रहँदा ग्यास आपूर्ति घटेको छ । निरन्तर आउनु पर्ने जति ग्यास आउन नसक्दा केही अभाव खट्किएको हुन सक्ने नेपाल एपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी बताउँछन् ।

‘ग्यास आयात गर्न कुनै वाधा व्यवधान छैन,’ उनले भने ‘नेपालमा ग्यास आयात हुने चार वटा रिफाइनरीमध्ये दुई वटा मर्मत भइरहेका छन् ।’ सो कारण केही मात्रामा केही दिनका लागि ग्यास आयात घट्न गएको उनले बताए । सामान्य समयमा नेपालमा प्रतिमहिना ४० हजार टन ग्यास खपत हुने गरेको छ । दुई वटा रिफाइनरी मर्मत भइरहेका कारणले यो महिनामा ३२ हजार टन ग्यास आएकाे उनकाे भनाइ छ ।

‘माग बढ्दै गर्दा आयात घटेकोले केही अभाव देखिनु स्वभाविक हो, ग्यास आयातमा कुनै वाधा व्यवसाधन छैन’ उनले भने-‘मर्मत सक्ने वित्तिकै आवश्यक मात्रामा ग्यास आयात हुन्छ ।’

नोभेम्बर महिनामा ८ हजार टन ग्यास आपूर्तिमा कमी आएको छ । यसमा अन्य कारणले नभइ रिफाइनरी मर्मतका कारण मात्र भएकाे उनी बताउँछन् । उपभोक्ताले ग्यास नपाइएला भनेर डराउनु नपर्ने उनले बताए ।

सरकारले पनि ग्यास तथा पेट्रोलियम पदार्थमा आपूर्तिमा कुनै समस्या नभएको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले यस्ता समस्या आउन नदिन भारतसँग विभिन्न विषयमा पारवहन सम्झौता भएको बताए । ‘ग्यासको अभाव होइन, यो हल्ला मात्रै हो,’ उनले भने ।

सरकारले आयात प्रतिस्थापन गर्न विद्युत खपत बढाउन आमजनतालाई आव्हान गरिरहेको उनले बताए । यस आर्थिक वर्षमा पेट्रोलिय पदार्थको आयात कम हुँदा गत वर्ष ३ महिनामा आएको जति पेट्रोलियम पदार्थ अहिले चार महिनामा आएको छ ।

ग्यास वितरकले ग्यास दिइरहेका पनि छन् । डिपोहरूले भने उपभोक्तालाई मिस गाइड गरेर ग्यास छैन भनि हल्ला चलाएर हप्ता/ दश दिनमा आयो भने मिलाइ दिन्छु भनेर हवला गरिरहेका छन् ।

आमजनता अहिलेको ग्यासको अप्रर्याप्त आपूर्तिलाई २०७२ को नाकाबन्दीसँग जोडेर आशंका गर्न थालेका छन् । एक पटक अगुल्टोले हानेको कुकुर विजुली चम्कदा तर्सन्छ भनेझैं आमजनता ग्यास भण्डार गर्नेतर्फ लागेकाे अनुमान  गरिएकाे छ ।

नेपालको संविधान सार्वजनिक हुँदा त असन्तुष्टि जनाएर भूकम्पको पिडामा छटपटाएका आमजनतालाई अघोषित नाकाबन्दी गरेर अप्ठ्याराेमा पारेको भारतले लिपुलेक विवादका कारण फेरि सोही प्रक्रिया दोहोराउने शंका आम-जनमानसमा छाएको छ । सोही आशंका कारण आम उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डार गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.