शाइन रेसुङ्गाको डीसीईओमा लोकराज पनेरु, मंसिर १५ गतेदेखि लागू हुने

  २०७६ मंसिर १३ गते १३:५४     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(डीसीईओ)मा लोकराज पनेरु नियुक्त भएका छन् । संस्थाले आगामी मंसिर १५ गतेदेखि लागू गर्ने गरी पनेरुलाई उक्त पदमा पदोन्नती गरेको हो ।

यससँगै संस्थाको उच्च व्यवस्थापन तहमा ५ जना कार्यरत रहेका छन् । संस्थाकाे प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश पौडेल रहेका छन् । साथै, नायव प्रमुख कार्यकारी अधिकृत(डीसीईओ) पदमा तीन जनाः प्रकाश गुरुङ्ग, पुष्करराज जोशी र लोकराज पनेरु कार्यरत रहेका छन् । त्यसैगरी, सार्जन भट्टराईले संस्थाकाे नायव महाप्रबन्धकको जिम्मेवारी सम्हालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.