व्यापार घाटा कम गर्न चिनियाँ लगानी आवश्यक छ : पूर्व अर्थमन्त्री महत

  २०७६ मंसिर १३ गते १२:३९     विकासन्युज

काठमाडौं । पूर्व अर्थमन्त्री तथा काँग्रेस नेता डा. रामशरण महतले  नेपालमा व्यापार घाटा कम गर्न चिनियाँ लगानी आवश्यक रहेकाे बताएका छन् । बिहिबार नेपाल – चीन मिडिया फोरमले आयोजना गरेको नेपाल चीन पिपुल टु पिपल रिलेशन र मिडियाको भूमिका सम्बन्धिको कार्यक्रममा बोल्दै उनले नेपालमा चीनकाे लगानी आवश्यक रहेकाे बताएका हुन् ।

‘नेपालको चीनसँग २ खर्ब व्यापार घाटा रहेको छ’ उनले भने, ‘नेपालमा चिनियाँ लगानीकर्तालाई आकर्षण गरेर  उद्योग स्थापना गरी  चीनमा नै समान निर्यात गर्न सकिन्छ ।’ उनले नेपालमा सडकको दुरावास्था भएकाले रेलभन्दा पनि सडक राम्रो बनाउन जनताले माग गरेको बताए । नेपाल भ्रमण वर्ष २०२० आउनै लागेका बेला सडको अवस्था दयनिय रहेको उनकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.