सागको भलिबल प्रतियोगिता डिशहोेमको एक्सन स्पोर्टस च्यानलबाटै हेर्न सकिने

  २०७६ मंसिर १२ गते १९:०४     विकासन्युज

काठमाडौं । नेपालकै पहिलो स्पोर्टस च्यानल एक्सन स्पोर्टसमा १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रसारण हुने भएकको छ । १३औं संस्करणको साग अन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पुर्ण खेल मंसिर ११ गते देखी १७ गतेसम्म डिशहोेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ एसडी र ९९१ एचडीमा प्रत्यक्ष प्रसारण हुने भएको हो ।

नेपाल बिरुद्ध बाङ्गलदेशको महिला भलिबल प्रतियोगिता बिहीबार अपराहन्न ३ बजे भयो भने नेपाल बिरुद्ध बाङ्गलदेशको पुरुष भलिबल प्रतियोगिता साँझ ७ बजे हुँदै छ ।

नेपालले खेल्छ नेपालीले हेर्छ भन्ने मुख्य नाराका साथ प्रसारण भईरहेको यस स्पोर्टस च्यानलले आफ्नो स्थापनाकाल देखिनै नेपालमा आयोजना हुने हरेक खेलहरुलाई नेपाली दर्शक माझ पुर्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.